२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अकुपन्चरको विषयमा छलफल

नेपाल अकुपन्चर मोक्सिबुसन अंकुप्रेसर संघले आफ्ना सदस्य अकुपन्चरिस्टहरूसँग कम्मर दुखाइ र यसको निधान प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गरेको छ।

छलफलमा उपत्यकाका विभिन्न अस्पताल क्लिनिकका २० जना अकुपञ्चरिस्टहरूको सहभागि थिए। सो छलफलमा मेडीसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले कम्मर दुखाइ र निधान प्रक्रियासँग सम्बन्धित विषयमा प्रशिक्षण दिए। साथै यसबारेमा  पछिल्ला अनुसन्धानसम्बन्धी प्रगति विवरण पेश गरेका थिए।

कार्यशालाला सहभागी अकुपन्चरिस्टहरूले यस्ता छलफलबाट  कम्मर दुखाइ सम्बन्धी विषयमा थप जानकारी प्राप्त भएको धारणा राखेका थिए।  नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघ नेपालमा रहेका तथा यस विषयमा लाइसेन्स प्राप्त भएका अकुपञ्चरिस्टहरूको साझा संगठन हो। यस संगठनमा ७० जना सदस्य रहेका छन्।  

अकुपन्चर संघका अनुसार मसिनो सियोको माध्यमले हाम्रो शरिरमा रहेका विशेष विन्दुहरूमा घोचेर उपचार गर्ने पद्धति एकुपञ्चर हो। यो मेडिकल साइन्सको पुरानो विधा हो। जसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको संघका अध्यक्ष विशाल श्रेष्ठले बताए। उनका अनुसार यस पद्धतिबाट विशेष गरी दुखाइ सम्बन्धी विरामी (घुँडा, कम्मर, टाउको दुख्ने, नशा चापिएको) तथा पक्षघातका विरामीमा विशेष प्रभावकारी मानिन्छ।  

प्रकाशित: २७ चैत्र २०७९ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App