३ पुस २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जर्मनीले दियो १५ लाख कोभिड खोप

जर्मनीले कोभ्याक्स फेसिलिटीअन्तर्गत नेपाललाई फाइजर बायोएनटेक कम्पनीले विकास गरेको १७ लाख कोभिड–१९ खोपका डोज नेपाललाई हस्तान्तरण गरेको छ। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्। समारोहमा नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस र नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजी राव पाण्डवको उपस्थिति थियो। समारोहलाई सम्बोधन गर्दै राजदूत डा. प्रिन्जले जर्मनीमा आविष्कार गरिएका खोपहरू हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्त प्रसन्न भएको बताए।

‘महामारीको सुरुदेखि नै जर्मनीले नेपाली जनतालाई सहयोग गर्दै आएको छ र कोभ्याक्स र एक्ट–एक्सेलेटरजस्ता बहुपक्षीय सुविधाहरूमार्फत काम गरिरहेको छ,’ उनले भने। बुधबार गरिएको हस्तान्तरणसँगै नेपाललाई जर्मन खोप सहयोग ५५ लाख डोज पुगेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जर्मनीद्वारा प्रदान गरिएको खोप सहयोगले नेपालको खोप अभियानलाई सुदृढ पार्न सघाउ पुग्ने बताए। सन् २०२० को अप्रिलमा एक्सेस टु कोभिड–१९ टुल्स एक्सेलेटर स्थापना गर्ने प्रयासको जर्मन संस्थापक सदस्य रहेको छ। जर्मनीले महामारी सुरु भए हालसम्म १२ करोडभन्दा बढी डोज खोप सहयोग गरिसकेको जर्मन दूतावासले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App