१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जुम्लालाई बैशाखभित्र पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने

पूर्णखोप सुनिश्चिता कार्ययोजना गोष्ठी। तस्बिर: गोल्डेन बुढा

जुम्लालाई आउदो बैशाख भित्र पूर्णखोप सुनिश्चिता गर्न कार्ययोजना तयार गरिएको छ। जुम्लाकाे १ नगरपालिका सहित ७ गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा कार्ययोजना तयार गरिएको हो।

आगामी २०८० बैशाख भित्र जुम्लाका ८ वटै पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिने छ। जुम्लामा सोमबार जनस्वास्थ्य कार्यालयद्धारा आयोजित जिल्लास्तरीय पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपनाको कार्ययोजना गोष्ठीमा सहभागी जुम्लाका ८ वटै  पालिकाका प्रमुख उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य ।शाखा संयोजकले बैशाख महिना भित्र पुर्णखोप पालिका घोषणा गर्ने कार्ययोजनामा लिखित प्रतिबद्धता गरेका छन्।

जुम्ला पुर्णखोप जिल्ला घोषणा भइसके पनि राष्ट्रिय खोप कार्यक्रम अनुसार हरेक वर्ष १५ महिनामुनीका लक्षित सबै बालबालिका सबै प्ररकारका खोप लगाएको सुनिश्चिता गर्नुपर्ने प्रावधान छ। सोही अनुसार जुम्लालाई बैशाखभित्र पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरेका हुन्।

जसअन्तरर्गत,आगामी बैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पूर्णखोप पालिका घोषण गर्ने कार्ययोजना तयारी भएको छ। त्यस्र्तै  तातोपानी गाउँपालिकालाई बैशाख १३ गते,तिला गाउँपालिकालाइ १५ गते,हिमा गाउँपालिकालाई १४ गते,सिंजा गाउँपालिकालाई ८ गते पुर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

उनका अनुसार कनकासुन्दरी गाउँपालिका,बैशाख २४ गते,गुठिचौर गाउँपालिका २० गते र पातारासी गाउँपालिका ७ गते गरी ८ वटै  पालिका बैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने छन्। जन्मेदेखि १५ महिनामुनी लक्षित सबै बालबालिकाले अनिवार्य लगाउनु पर्ने बीसीजी,रोटा,पोलियो,एफआईपिभी,पीसीभी, डीपीटीहेपविहिब,दादुरा,जेई,टाईफाईडु गरी करिब एक दर्जन खोप लगाएको प्रमाणित भएपछि मात्रै वडा हुँदै पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने छ।

प्रकाशित: २३ माघ २०७९ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App