१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कालिकोटको तिलागुफामै एक्सरे र ल्याब सेवा सुरु

तिलागुफा नगरपालिकाको नगर अस्पतालमा एक्सरे र ल्याब सेवा सुरु। तस्बिर: ललित विष्ट

मान्म—केहि वर्षअघिसम्म अस्पतालमा आउँदा समेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक वा जिल्ला अस्पताल मान्म पुग्नुपर्ने अवस्था थियो। रगत,पिसाब परीक्षण त परैको कुरा तर,अहिले तिलागुफा नगरपालिकाले नगर अस्पतालमा समेत एक्सरे र ल्याब सेवा सुरु गरेको छ।

ग्रामीण क्षेत्रका गर्भवतीलाई नगरमै भिडिओ एक्स–रे र ल्याब सेवा सुरु भएको छ । सदरमुकामका अस्पताल सम्म आउनुपर्ने ग्रामीण क्षेत्रका गर्भवतीलाई गर्भ परीक्षण र ल्याब सम्बन्धि जस्तोसुकै सेवा सहज गराउने उद्देश्यले तिलागुफा नगरपालिकाले नगर अस्पतालमै भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरेको हो।

एक्सरे र ल्याब नहुँदा गर्भवतीहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौं रकम खर्च गर्नुपरेको गुनासो आएपछि नगरपालिकाले नगरमै भिडियो एक्सरे र ल्याब सेवा दिने अभियान सुरु गरेको हो। नगरपालिकाका सबै वडादेखि आसपासका गाउँपालिकाका बिरामीहरूले सेवा लिन सक्ने नगरपालिकाले जनाएको छ ।

नगरवासीले अब भिडिओ एक्सरे र ल्यावकै लागि मात्र सदरमुकाम तथा अन्य शहरका निजी क्लिनिक र अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ। ‘यो काम दिगो रुपमा लिएर जाने योजना छ।,’ नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले भने,‘स्वास्थ्यका आधारभुत सेवाभित्रै पार्नेगरि छुट्टै बर्थिङ सेण्टर भएका स्वास्थ्यचौकीमा यि पुर्वाधार विकास गर्छौं। नगर अस्पतालमै एक्सरे र ल्याब सेवा सुरु गरेका छौं। अब बिरामीलाई नगरमै सेवा दिनेछौं।’

नगर अस्पतालका डाक्टर टंकप्रसाद आचार्यका अनुसार ‘गर्भ परीक्षण र ल्याब सेवा नहुँदा नगर अस्पतालमा प्रसूति केन्द्र भएर पनि विश्वास थिएन,’ भने, ‘सेवा शुरु भएपछि बिरामीले विश्वास गर्ने वातावरण बनेको छ । अहिले अस्पतालमा  मेडिसिउन सेवा पनी सुरु गरीएको छ। यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सहयोग गरेको छ।’ सुरक्षित प्रसूति गराउन दुई जना  अनमी र  एक जना डाक्टरलगायतले सेवा दिईरहेका छन्।

भिडिओ एक्स–रेका लागि १६ लाख सहयोग स्वास्थ्य सेवा विभाग काठमाण्डौंले गरेको नगरपालिकाले जनाएको छ। २०–२५ जनाको हाराहारी मात्रै सुत्केरी हुने गरेकोमा अब यो संख्यालाई ६५–७० सम्म पु¥याउन सकिने अस्पतालले जनाएको छ। सोमबार देखि सुरु गरीएको भिडिओ एक्स–रे सेवाले यहाँका नागरिकलाई सहजत हुने भएको छ।

प्रकाशित: १९ पुस २०७९ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App