७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर संचालन

नेपाली सेनाद्वारा  स्वास्थ्य शिविर संचालन गरेको छ। काठमाण्डौ महानगरपालिकाको सहकार्यमा नेपाली सेनाद्वारा गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा जम्मा १हजार ४ सय  ८२ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए। नेपाली सेनाका अनुसार स्वास्थ्य शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श,  ई.सि.जी. तथा ब्लड सुगर जांच लगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधी समेत वितरण गरिएको थियो।

स्वास्थ्य शिविर वीरेन्द्र अस्पतालबाट आवश्यक औषधी सहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा १ सय १७ जना स्वास्थ्यकर्मी खटिएको नेपाली सेनाले जनाएको छ। 

प्रकाशित: १ पुस २०७९ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App