१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रोल्पा अस्पतालमा ४ दिनमा ६२ जनाको शल्यक्रिया

शल्यक्रिया पछि बिरामीहरु। तस्बिर: दिनेश/नागरिक

रोल्पाको गंगादेब गाउँपालिका ५ स्यालागाउँका बिरबहादुर खत्री दम्पित्तीले १८ बर्ष अघि छोरा जन्माए। परिवारमा खुसि छायो। तर छोरो हुर्किदै जादा एउटा खुट्टाले राम्रो संग टेक्न नसक्ने भए पछि उनलाई मानसिक तनाब सुरु भयो।

घरछेउँका स्वास्थ्य संस्थामा उपचारको गुन्जायस नभए पछि छरछिमेकमा ऋण सापटि गरि केहि बर्ष अघि छोरालाई नेपालगञ्ज सम्म पुर्याए। रोल्पाबाट नेपालगञ्ज झरेका बिरबहादुरलाई छेराको उपचारका लागी ६०/७० हजार खर्च लाग्ने भनिए पछि आर्थिक अभावमा फर्केर घर आए।

मंगलबार भने रोल्पा अस्पताल परिसरमा भेटिएका खत्री दम्पित्तीको अनुहारमा खुसिको चमक थियो। मंसिर १० गते देखि १३ गते सम्म रोल्पा अस्पतालमा संचालन भएको हाडजोर्नी सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सफल शल्यक्रिया गरेपछि खत्री परिवारमा खुसि भित्रिएको हो।

‘एकपटक नेपालगञ्ज लगेको ६०/७० हजार खर्च लाग्छ भने पछि फर्केर घर आयो। छोरो खोच्याएर हिड्थ्यो। रेडियोमा शिविर बस्दै छ भन्ने सुने पछि दाङमा ११ कक्षा पढ्ने छोरालाई बोलाएर अप्रेशन गरेका हौ।’ खत्रीले भने ‘छोराको उपचार राम्रो भयो। खुसि लागेको छ।’

चार दिन सम्म चलेको शिविरमा रोल्पाका ६२ जनाको निशुल्क शल्यक्रिया भएको छ। रोल्पा अस्पताल, रोटरी क्लब अफ काठमाण्डौ वेस्ट, मेड सोलुसन फाउन्डेसण स्विजरल्याण्ड, नेपाल अर्थोपेडिक अस्पताल, रोल्पा नगरपालिका र स्वास्थ्य कार्यालय रोल्पाको संयुक्त आयोजनामा ४ दिने निशुल्क हाडजोर्नी शल्यक्रिया तथा बहिरङ्ग शिविरमा १ हजार १ सय ४७ जनाले उपचार सेवा लिएका छन्।

रोल्पामा संचालन भएको शिविरमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. युबराज खरेलको नेतृत्वमा आएको एक दर्जन चिकित्सको टोलीले अतुलनिय सेवा गरेको भन्दै रोल्पा अस्पताल परिवारले स्वास्थ्यकर्मीको टोलीलाई सम्मान समेत गरेको थियो।

समापन कार्यक्रममा रोल्पा नगर उपप्रमुख गिता आचार्य, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, रोल्पा अस्पतालका प्रमुख डा. सोम आले र अस्पताल विकास समितिका अध्यक्ष फबिन्द्र आचार्य लगायतले डा. खरेलको टोलीलाई सम्मान पत्र, माला र अबिरले सम्मान गरेका थिए।

औपचारीक समापन कार्यक्रममा बोल्दै डा. युबराज खरेलले रोल्पामा अझै पनि हाडजोर्र्नीका बिरामीहरु प्रशस्त रहेको बताउदै आगामी दिनमा यस्ता शिविर संचालन गर्न पहल गर्ने बताए। ‘रोल्पामा यति धेरै केश छन् जस्तो अनुमान भएको भए ७ दिनको शिविर ल्याएर आउने थियौ।’ उनले रोल्पाले शिविरमा अतुलनिय सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा फेरि पनि यस्तै शिविर ल्याउन पहल गर्नेछु।’

प्रकाशित: १३ मंसिर २०७९ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App