२८ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

शिक्षा विधेयक निर्वाचनपछिको सरकारले मात्र अघि बढाउने

विद्यालय शिक्षा विधेयक आगामी निर्वाचनबाट बन्ने संसदमा मात्रै अघि बढ्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयक प्रतिनिधि सभामा विचाराधिन अवस्थामा छ। गत भदौं २६ गते पारित गर्ने तयारी भएपनि जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा नै विघटन हुन पुग्यो । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विधेयकसहितका कुनै महत्वपूर्ण काम अगाडि नबढाउने बताए ।

‘संसद छैन। विधेयकको काम अहिले हुँदैन । गर्दिन पनि,’ मन्त्री पुनले नागरिकसँग भने,‘अब निर्वाचनपछि बन्ने सरकारले नयाँ तरिकाले शिक्षा विधेयक अगाडि बढाउछ।’

प्रकाशित: १० आश्विन २०८२ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App