७ आश्विन २०८२ मंगलबार
image/svg+xml ८:२० पूर्वाह्न
शिक्षा

प्रतिभा बुक बैंकद्वारा निःशुल्क पाठ्यपुस्तक वितरण

प्रतिभा समाजबाट स्थापित प्रतिभा बुक बैंकले एक सय ३० विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ। सातोआकी स्मृति भवन कुपोण्डोलमा बिहीबार भएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई उनीहरू पढ्दै आइरहेको कलेज र विषयअनुसार पुस्तक वितरण गरिएको हो।

प्रतिभा बुक बैंकको ३१औं वार्षिकोत्सव तथा सातोआकी इतो स्मृति दिवसको अवसर पारेर भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरेको थियो। समाजले दशकौं अघिदेखि विद्यार्थीहरूलाई पुस्तक वितरण गर्दै आइरहेको समाजका व्यवस्थापक शोभा बज्राचार्यले बताए।

उनका अनुसार पढाइ सकिएपछि बुक बैंकबाट उपलब्ध गराइएको पुस्तक फिर्ता लिई नयाँ विद्यार्थीलाई दिने र नपुगेको पुस्तक खरिद गरी हरेक वर्ष सयभन्दा बढी विद्यार्थीलाई वितरण गर्दै आइरहेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले विद्यार्थीहरूलाई पुस्तक वितरण गर्दै उज्ज्वल भविष्यको कामना गरे। कार्यक्रमका सहयोगी संस्था त्रिरत्न कोषका अध्यक्ष सुदनरत्न शाक्यले विद्यार्थीहरूलाई अध्ययन सहयोग होस् भन्ने उद्देश्यले पुस्तक वितरण गर्दै आइरहेको बताए।

प्रकाशित: १६ श्रावण २०८२ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App