६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षामन्त्री मन्त्री पुनले भने- मलाई उद्घाटन, शिलान्यासमा नबोलाउनु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया कसैले पनि र कहीबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नुहोला ।’

मन्त्री पुनले आफू युनेस्को महासभाको उज्बेकिस्तानमा आयोजना हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नजाने जानकारी दिएका छन् ।  

उनले भनेका छन्, ‘जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केही मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला ।’

प्रकाशित: १० कार्तिक २०८२ २१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App