४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

महत बने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रजिष्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।  

महत जुम्लाको चन्दननाथ नगरपालिका -१० बोहोरा गाउँका बासिन्दा हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्त गरेका हुन्।  

प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो ।  

प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो । उनी विद्यावारिधि शोधार्थी हुन् । 

प्रकाशित: १९ भाद्र २०८२ २०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App