LCCI Global Qualifications (LCCI GQ)ले व्यवसायिक शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने दीर्घकालीन रणनीतिक योजनाअन्तर्गत अफ्रिकामा आफ्नो कार्यक्रमहरू औपचारिक रूपमा विस्तार गरेको घोषणा गरेको छ।
यस विस्तारले अफ्रिकाका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सीपमूलक शिक्षा, व्यावसायिक तालिम र उच्च अध्ययनका अवसरहरू उपलब्ध गराउने लक्ष्य राख्दछ।
घानामा कार्यक्रम विस्तार: Mina’s Vocational Institute
LCCI GQ ले घानास्थित Mina’s Vocational Instituteसँग सहकार्य गर्दै Hospitality Management, Culinary Arts, Information Technology तथा Computing कार्यक्रम सञ्चालन सुरु गरेको छ।
यी सबै कोर्सहरू Scottish Qualifications Authority (SQA)द्वारा गुणस्तर सुनिश्चित (Quality Assured)गरिएका छन् रEuropean Qualifications Frameworkको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बेंचमार्क गरिएका छन्।
२०२५ नोभेम्बर २६ मा काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित “Education Without Boundaries: The Power of Vocational Education” सेमिनारका अवसरमा LCCI Global Qualifications र Mina Vocational Institute बीच Memorandum of Agreement (MoA) हस्ताक्षर गरिएको थियो।
यस साझेदारीले घानाका विद्यार्थीहरूलाई रोजगार–उन्मुख सीप, व्यावहारिक तालिम र वैश्विक स्तरमा मान्यता प्राप्त योग्यता हासिल गर्न सहज बनाउनेछ।

जिम्बाब्वेमा कार्यक्रम विस्तार: Delice Culinary Arts Academy
अफ्रिकामा कार्यक्रम विस्तारको अर्को महत्वपूर्ण कदमका रूपमा LCCI Global Qualifications ले जिम्बाब्वेस्थित Delice Culinary Arts Academy सँग सहकार्य गर्दै Hospitality, Culinary Arts, Baking तथा Professional Culinary कार्यक्रम सञ्चालनमा ल्याएको छ।
यस सहकार्यले पाककला क्षेत्रका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण, प्रयोगात्मक सीप तथा विश्वव्यापी करियर अवसर प्रदान गर्नेछ।
Delice Culinary Arts Academyसँगको MoA LCCI GQ को अफ्रिका क्षेत्रमा व्यवसायिक सीप र योग्यता विकास गर्ने रणनीतिक योजनाको ठूलो माइलस्टोनका रूपमा लियेकोछ।

LCCI Global Qualifications को दृष्टि:
LCCI Global Qualifications का सह–संस्थापक डा. रोशन राठीले भने:“नेपालमा विकास भएका, तर विश्वभर मान्यता प्राप्त व्यवसायिक तालिम र पाठ्यक्रमलाई अफ्रिकामा विस्तार गर्नु हाम्रो प्रमुख उद्देश्य हो। घाना र जिम्बाब्वेमा कार्यक्रम विस्तार हुनु अफ्रिकाका युवाहरूका लागि सीपमूलक शिक्षा र करियर विकासका नयाँ अवसरहरू खुलाउने महत्वपूर्ण कदम हो।”
अफ्रिकन विद्यार्थीहरूका लागि फाइदाहरू:
अफ्रिका (घाना तथा जिम्बाब्वे) का विद्यार्थीहरूले निम्न अवसरहरू प्राप्त गर्नेछन्:
• अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त व्यवसायिक योग्यता
• Hospitality, Culinary, IT र Computing क्षेत्रमा व्यावहारिक तथा उद्योग–केन्द्रित प्रशिक्षण
• SCQF तथा EQF का मापदण्डमा आधारित गुणस्तरीय पाठ्यक्रम
• Scottish Qualifications Authority (SQA)गुणस्तर सुनिश्चित (Quality Assured) प्रमाणपत्र
• विश्वभरका विश्वविद्यालयहरूमा क्रेडिट ट्रान्सफर गरी उच्चसिक्षा अध्ययन गर्ने अवसर
• रोजगारी–उन्मुख सीप तथा करियर विकासका व्यापक सम्भावना
• अन्तर्राष्ट्रिय उद्योगमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने व्यावहारिक दक्षता
घाना र जिम्बाब्वेमा LCCI Global Qualifications को शैक्षिक साझेदारी अफ्रिकामा व्यवसायिक शिक्षा र सीपमूलक तालिम विस्तार गर्ने दिशामा एउटा महत्वपूर्ण कदम हो।
यस अभियानले हजारौं अफ्रिकन विद्यार्थीहरूलाई विश्वस्तरको शिक्षा, सीप र करियर अवसर प्रदान गर्नेछ।
प्रकाशित: १२ मंसिर २०८२ १३:३५ शुक्रबार





