१४ पुस २०८२ सोमबार
image/svg+xml
शिक्षा

दुई स्थानीय तहका विद्यालयमा बिदा

शीतलहरसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुईवटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक रूपमा बढेको चिसो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै बर्से र हिउँदे बिदामा मिलान हुने गरी आइतबारदेखि यही १८ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले बताइन‍्।

यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहनेगरी विद्यालयमा बिदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले एक सूचना जारी गर्दै सोमबारदेखि लागू हुने गरी पाँच दिन बिदा दिइएको जानकारी दिए। नगरपालिका अन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ।

केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेसको जनजीवन प्रभावित भएको छ।

प्रकाशित: १४ पुस २०८२ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App