६ असार २०८३ शनिबार
image/svg+xml
शिक्षा

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक)  परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो।  

बोर्डका अनुसार कक्षा १२ को मौका परीक्षा दुई दिन सञ्चालन हुनेछ। सार्वजनिक तालिकाअनुसार परीक्षा साउन २ र ३ गते सञ्चालन गरिनेछ।  

बोर्डले एक विषयमा मात्र अनुत्तीर्ण भई मौका परीक्षामा सहभागी हुने परीक्षार्थीले विषय जुनसुकै भए पनि पहिलो दिन अर्थात् साउन २ गते परीक्षा दिनुपर्ने जनाएको छ। 

कक्षा १२ को नियमित परीक्षामा न्यूनतम उत्तीर्णाङ्क हासिल गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी बोर्डले मौका परीक्षा सञ्चालन गर्न लागेको हो।  

प्रकाशित: ६ असार २०८३ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App