भक्तपुरमा शुक्रबार भएको उपत्यकाव्यापी आमन्त्रित वक्तृत्वकला प्रतियोगितामा माउण्ड भ्यू स्कुल बालकोट भक्तपुरका सोहिना बुढाथोकी प्रथम भएकी छिन् । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा बागीश्वरी मावि च्याम्हासिंह भक्तपुरकी भूमिका बस्नेत द्धितीय हुन सफल भइन् । प्रतियोगितामा जेन्युइन मावि देकोचा भक्तपुरका दीया श्रेष्ठ तृतीय भइन् ।
प्रतियोगिताका विजयी स्कुल तथा छात्रछात्राहरुलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख इन्जिनियर रजनी जोशीले मेडल, टफी तथा प्रमाणपत्र प्रदान गरिन् । नेपाली मौलिक चाडपर्वः गर्नुपर्छ गर्व विषयमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरसहित काभ्रे गरी चार जिल्लाका विभिन्न विद्यालयहरुका ३८ छात्रछात्राहरु सहभागी थिए । प्रतियोगितामा जीवनाथ अधिकारी, महेन्द्रगोपाल कर्माचार्य र चन्द्रप्रसाद ढकाल निर्णायक थिए ।
प्रकाशित: ४ पुस २०८२ १९:५१ शुक्रबार





