सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
थापा काठमाडौं विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत हुनुको साथै नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि गरेका छन्।
प्रकाशित: १७ भाद्र २०८३ १७:५४ बुधबार





