शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
शिक्षक सेवा आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै आयोगको अध्यक्ष पदमा एक जना तथा एक जना महिला सहित दुई जना सदस्य पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो।
लामो समयदेखी रिक्त रहेको पदको लागि आयोगले शुक्रबार सूचना प्रकाशित गरि यहि साउन १५ गते भित्र आवेदन पेश गर्न अनुरोध गरेको हो।
आवेदनका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक सेवा आयोगको वेबसाइटमा माग गरिएको आयोगले जनाएको छ।

प्रकाशित: १ श्रावण २०८३ १५:०७ शुक्रबार





