coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

स्कुलमै रोजगारमूलक शिक्षासँगै जनजागृति विद्यार्थीको ओइरो

केही वर्ष पहिलासम्म धादिङ थाक्रेको जनजागृति उच्च माध्यमिक विद्यालय धादिङमा धेरै कुरा थिएन। विद्यालयमा व्यवहारिक तथा गुणस्तरीय शिक्षाको प्रवन्धसँगै यो स्कुलमा पढ्ने विद्यार्थीको ओइरो लागेको छ।

आज भन्दा २२ वर्षअघि अर्थात् २०५७ सालमा स्थापना भएको यो स्कुलमा १ सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष २०७९/०८० मा यो विद्यालयमा १३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन्। ती मध्येमा छात्र ६९० र छात्रा ६७६ जना विद्यार्थी अध्ययनरत छन्।

गत आर्थिक वर्षमा यो स्कुलमा विद्याथीर्को संख्या १२ सय ५० जना थिए भने त्यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ हजार जना थिए। स्कुलको क्षमता भन्दा बढी संख्यामा विद्यार्थीको भर्ना माग भएपछि ३  सय जना फिर्ता पठाउनु परेको विद्यालयका प्राध्यनाध्यापक लवणप्रसाद फुयाँलले बताए।

‘स्कुलको क्षमता भन्दा बढी भएपछि भर्ना गर्न सकेनौं, टाढाबाट यही विद्यालय आउने धेरै भए’ उनले भने। विद्यालमया पाँच वर्षदेखि शिक्षा तथा प्रविधी मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रम लागू गरेसँगै यो विद्यालयमा विद्यार्थीको आकर्षण बढेको अनुभव गरेको प्रधानाध्यापक फुयाँल बताउँछन्।

२०७३ सालदेखि सरकारले विद्यालय क्षेत्र शिक्षा विकास कार्यक्रम लागू गरेदेखि यता स्कुलमा  खानेपानी, पुस्तकालय विस्तार, विज्ञान प्रयोगशाला, इञ्जिनियरिङ प्रयोगशाला विस्तार, इञ्जिनियरिङ विषयको पढाइ, भुकम्पले क्षति पुगेको भवनको रेक्टोफिटिङ, छात्राहरुको लागि सेनेटरी प्याड कार्यक्रम, विद्यालय राहत शिक्षक दरबन्दी, विद्यालय खाजा कार्यक्रम, दृष्टि विहीन विद्यार्थीको लागि छात्रावाससहितको निःशुल्क शिक्षाको व्यवस्था, लगायत कार्यक्रममा गुणस्तरीय विस्तारसँगै विद्यार्थीहरुको आकर्षण बढेको स्कुलले जनाएको छ।

स्कुलका प्रधानाध्यापक लवणप्रसाद फुयाँलका अनुसार विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म सिभिल इञ्जियिरिङ, कक्षा १२ मा व्यवस्थापन, विज्ञान, विषयमा अध्ययापन हुने गरेको छ। यी विषयको अतिरिक्त विद्यालयमा अध्यापन हुने म्युजिक कक्षा, कम्प्युटर कक्षा, बाल क्लब लगायत अतिरिक्त क्रियाहलापले यो स्कुलमा विद्यार्थीको थप आकर्षण बढेको सह– प्राध्यपक रामचन्द्र रुपाखेतीले बताए।

फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रमले स्कुलमा   कम्प्युटर ल्याव, सेनेटरी प्याड, खाजा निःशुल्क रुपमा प्राप्त भएपछि गरिब, जेनदार विद्यार्थीलाई टेवा पुगेको र लक्षित समूहको विद्यालय आउने क्रम बढेको छ। सेनेटरी प्याड निःशुल्क रुपमा वितरण गर्न थालेपछि छात्राहरुको बीचैमा कक्षा छोड्ने क्रम रोकिएको हो।

अहिले यो स्कुलमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको छ। ‘खाजा कार्यक्रमले पैसा हुने र नहुने विद्यार्थी बीचको असमानता मेटिएको छ’ उनले भने। ‘विज्ञानको प्रयोगशाला, इञ्जिनियरिङ, कम्प्युटर ल्यावको अभाव थियो, विद्यालय क्षेत्र विकास कार्यक्रमले टेवा पुगेको छ’ फुयाँलले भने।

दृष्टिविहीन विद्यार्थी पढाउनको लागि यो कार्यक्रमले प्रति महिना ४ हजारको दरले सरकारले छात्राबृत्ति वितरण गरेको छ। यो विद्यालयमा २० जना दृष्टिविहीन अध्ययनरत छन्। बिहान बेलुकीको समयमा दृष्टिविहीन विद्यार्थीलाई व्रेललिपी, कम्प्युटर र म्युजिक सिकाइपछि मात्र साधरण  कक्षामा अध्ययन गराइन्छ।

खुल्ला विद्यालय कक्षा सञ्चालनले यो स्कुलमा आकर्षण बढेको फुयाँलको भनाइ छ। ‘कारणवस बीचैमा पढ्न छोडेका विद्यार्थीको लागि खुल्ला विद्यालय कक्षा सञ्चालन हुनुले आकर्षण बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेती बताउँछन्।

उनका अनुसार यो पालिकामा विभिन्न कारणले बीचैमा कक्षा छोड्ने सयौं  धेरै छन्। ‘बीचैमा कक्षा छोडेका १ सय ६४ जना विद्यार्थीलाई भिन्नै कक्षा सञ्चालन गरेर एसइई उत्तीर्ण गरिसके, अहिले पनि त्यस्ता विद्यार्थी हामीसँग छन्’ उनले भने। यो स्कुलको बालविकास केन्द्रमा अध्यापन गराइरहेकी शिक्षिका भगवती बिंडारी बीचैमा पढाइ छोडेपछि यही विद्यालयमा कार्यालय सहायकको रुपमा काम गर्थिन्।

यो स्कुलले सञ्चालन गरेको खुल्ला विद्यालयमा पढेपछि एसइई उत्तीर्ण गरेकी हुन्। अहिले उनी जनजागृति स्कुलमै बालविकास केन्द्रकी शिक्षिका बनिसकेकी छिन्। उनी बाहेक खुल्ला विद्यालयवाट एसइई उत्तीर्ण गरेका विद्यार्थी उच्च शिक्षा र रोजगारीमा सहभागी भइसकेको प्रधानध्यापक फुयाँल बताए।

स्कुलतहमै सीपमूलक शिक्षा नै विद्यार्थी आकर्षणको मुख्य कारण रहेको शिक्षकहरु बताउँछन्। ‘व्यवहारिक तथा रोजगारमुलक शिक्षा आजको आवश्यकता’को नारालाई लागू गर्न स्कुल व्यवस्थाप समिति सक्रिय बनेको छ। ‘स्कुल तहमै इञ्जिनियरिङको आधारभुत ज्ञान मिलेपछि उच्च स्तरमा अध्ययन सहज हुन्छ र भविष्यमा कुन विषय छनौट गर्ने भन्ने तयारी पनि स्कुलदेखि नै सुरु हुन्छ’ उनले भने।

बेरोजगारी शिक्षितको बोझ घटाउन सञ्चालन भएका प्राविधिक शिक्षााले बाटो खोलेको उनको अर्को तर्क छ। ‘बिलाय प्राविधिक शिक्षा, व्यवहारिक शिक्षाको नाराबाट अघि बढिरहेको छ’ फुयाँलले भने। कक्षा १० मा सिभिल इञ्जिनियरिङ अध्ययनरत छात्रा अमिता थापाले इञ्जिनियरिङ अध्ययनकै लागि टाढाबाट यही विद्यालय भर्ना भएको बताइन्। उनले भनिन्, 'हामी भाग्यमानी छौं गाउँमै इञ्जिनियरिङ पढ्न पायौं', पुरै निःशुल्क कक्षा पढ्न पाएर आफू खुशी भएको विद्यालयका दृष्टिविहीन छात्र जिवेश तामाङले बताए।

विद्यालयमा रोजाइका विषय पढ्न पाइने र अतिक्ति क्रियाकलाप, संगीत कक्षा, एनसीसी तालिम, अतिरिक्त क्रिायकलापमा बालक्लबको सक्रियता जस्ता कार्यक्रमले पढाइ बोझिलो नलागेको छात्रा प्रतिभा घलानले बताइन्। घलानको स्थायी घर मकवानपुर भएपनि डेरा लिएर यो विद्यालयमा अध्ययरत छिन्।

कोभिड १९ महामारी कालमा विद्यालयले अपनाएको वैकल्पिक अध्यापनको प्रभावकारिताले पनि यो स्कुल प्रति अविभावकको विश्वास बढेको व्यवस्थापन समितिको दाबी छ। यो अवधिमा स्कुलले स्नातक तह सकेर बेरोजगारमा रहेका युवाहरुलाई परिचालन गरी टोल–टोलमा खटाएर अध्यापन गरेको थियो। बाँकी रहेका विभिन्न समूहको अनलाइन कक्षाबाट मार्फत अध्यापन गराएको थियो। यी वैकल्पिक कक्षामार्फत् कोभिड महामारीमा पढाइ प्रभावित नबनेको स्कुलको दाबी छ।

विद्याल आधार शिक्षा विकास कार्यक्रमबाट सीमान्तकृत तथा पिछाडिएका बालबालिका लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेती बताउँछन्। ‘अहिले यो स्कुलमा १ सय भन्दा बढी चेपाङ र दनुवार समुदायका विद्यार्थीले छात्रवृत्तिसहित अध्ययन गरिरहेका छन्’ उनले भने। प्रधानध्यापक फुयाँलका अनुसार यो विद्यालय शिक्षा क्षेत्र कार्यक्रमले ४ सय जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्रीसहित छात्रवृत्ति वितरण गरिएको छ। ‘पढ्नबाट वञ्चित छु भन्ने अवस्था छैन, विद्यालयमा घरायसी वातरण सिर्जना भएकोले अविभावक र विद्यार्थी दुवै ढुक्क छन्, उनले भने।

सरकारी विद्यालयका शिक्षक र व्यवस्थापन समितिका सदस्यका छोराछोरी समेत सरकारी स्कुलमै पढाउने पर्ने नीति लागू  भएकोले पनि यो स्कुलमा अविभावकमा विश्वास बढेको देखिन्छ। प्रधानध्यापक फुयाँलका दुवै छोरी यही स्कुलमा पढिरहेका छन् भने, व्यवस्थापन समितिका अध्यक्ष र सहप्राध्यपक रुपाखेतीका दुवै छोराछोरीले यही स्कुलबाट एसइई उत्तीर्ण गरिसकेका हुन्।

२०७३ देखि विद्यालय क्षेत्र विकास कार्यक्रम लागू भएपछि यता धेरै कुरामा परिवर्तन आएको छ। राहत  शिक्षक, सहजकर्ता, छात्रवृत्ति, खाजा कार्यक्रम, शैक्षिक गुणस्तर, सुदृढीकरण, भौतिक पूर्वाधार, कक्षाकोठाको व्यवस्थापन जस्ता क्षेत्रमा लगानी भएसँगै थाक्रे गाउँपालिकाका अन्य विद्यालयमा पनि विद्यार्थीहरुको बीचैमा कक्षा छोड्ने विद्यार्थी घटेको थाक्रे गाउँपालिका शिक्षा विभागकी प्रमुख अनिता खनालले बताइन्। ‘विद्यालय बीचैमा छोड्नेहरु घटेका छन्’ उनले भनिन्।

स्कुलतहदेखि नै सीपमूलक विषय समेट्ने गरी थप विषयहरु समेट्ने तयारी भइरहेको व्यवस्थापन समितिका अध्यक्ष रुपाखेतीले सुनाए। ‘देशमा रहेको शैक्षिक बेरोजगारीको समस्या आउन नदिने गरी विषय समावेश गर्दैछौं, अब अन्य प्राविधिक विषय पढाउँछौ’ उनले भने। विद्यालयको भवन हाता साँघुरो हुनाले विद्यालयभित्र साँघुरो हुनु थप विद्यालयको थप जमिन नहुनुले विद्यालयमा कक्षा कोठा, खेल मैदान अपुग छन्। यो ठाउँमा जग्गा महंगो भएकोले विद्यालय आफैं खरिद गर्न सक्षम छैन।

आवश्यक जग्गा सरकारले उपलब्ध गराएको स्थितिमा भवन अन्य स्रोतबाट पनि निर्माण गर्न सकिने अध्यक्ष रुपाखेतीले बताए। ‘थप जग्गा र भवन भएमा यही स्कुल पढ्ने इच्छा भएकाहरुलाई फर्कानु पर्ने थिएन, अन्य विद्यार्थीलाई सहज हुने थियो’ उनले भने। विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि सरकारले मुलुकभरका सामुदायिक स्कुलका लागि यो  कार्यक्रमको बजेट १० खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो। कुल बजेट मध्येमा दातृ निकायको  १२ प्रतिशत रकम रहेको छ। 

प्रकाशित: १२ आश्विन २०७९ १४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App