१५ मंसिर २०७९ बिहीबार
शिक्षा

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्ने बोर्ड बैठक बोलाइएको छ। राष्ट्रिय परीक्षा बार्डको बैठक आज साँझ साढे ४ बजे बस्ने  बोलाइएको हो।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।

यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ। त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ।  

प्रकाशित: १७ भाद्र २०७९ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App