७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

फाइल तस्बिर

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ। मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस्  हुन थालेपछि पठनपाठन प्रभावित भएको हो।    

विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए। गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ। उनले भने,'दैनिक चार/पाँच छात्रामा यो समस्या देखिने गरेको छ। कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ। १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ।'  

विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ बागको भनाइ छ। बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ। एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ।  

छात्रामा देखिएको यो समस्याको बारेमा  स्वास्थ्यकर्मीलाई पनि सोधेको उनले बताए। प्रअ बागले भने,'हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ। स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरियड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ।'

छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने,'यो सामान्य खालको  बिरामीको लक्षण हुन्। उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ। मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गर्नुपर्छ।' उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन्। रासस

प्रकाशित: २५ श्रावण २०७९ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App