१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

फाइल तस्बिर

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ। विद्यालय भवनको भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत दुई करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाका रूपमा सो भवन निर्माण भएको हो। यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट ७५ आजादीको अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्येको एक हो।

सन् १९५१ मा स्थापना भएको विद्यालयमा हाल एक हजार तीन सय ४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा रहेका छन्। भारत सरकारको सहयोगमा निर्माण भएको नयाँ संरचनाले विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ श्रावण २०७९ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App