१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

'समस्या आइहाल्ने बित्तिकै विश्वविद्यालयमा तालाबन्दी नगर्नुस्'

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ। विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन्।

मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे। ‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ।’

खुल्ला विश्वविद्यालयको डिन नियुक्तीमा ढिलाई भएको प्रध्यापक संघका पदाधिकारीहरुसँग सुझाव मागे। ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस्।’

प्रकाशित: १० श्रावण २०७९ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App