३१ श्रावण २०७९ मंगलबार
शिक्षा

मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन्।

अनुगमनका क्रममा उनले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिएका थिए। रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा प्रत्येक वर्ष इपिएस कोरिया शाखाले लिने गर्दछ।

यस वर्ष गत जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र यही असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ। एक पटक २०० जनाले परीक्षा दिइरहेका छन्। यस वर्ष ४४ हजार भाषा परीक्षामा सहभागी भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए।

प्रकाशित: २१ असार २०७९ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App