४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

अभिभावकविहीन दुई सय बालबालिकालाई छात्रवृत्ति

कपिलवस्तुका विभिन्न विद्यालयमा अध्ययनरत २ सय टुहुरा बालबालिकाहरुलाई १० लाख बढीकाे छात्रवृत्ति बाँडिएको छ। हेल्पिङ ह्यान्डको सहयोगमा ह्युमन रिलिफ अर्गनाइजेसनले कपिलवस्तु नगरपालिकाको पहेचहरा र शिवराज नगरपालिकाको चन्द्रौटाका उनीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।  

छात्रवृत्तिसहित उनीहरुलाई स्कुल ब्याग, कापी, कलम लगातयका सामग्री समेत उपलब्ध गराइएको छ। बालबालिकालाई ५ हजार रूपैयाँका दरले छात्रवृत्ति बाँडिएको अर्गनाइजेसनका उपाध्यक्ष ताहिर महमूदले बताए।  

पचेहरामा १ सय १ र चन्द्रौटामा ९९ जना बालबालिकालाई छात्रवृत्ति बाँडिएको हो। टुहुरा बनेका बालबालिकालाई अध्ययनमा सहयोग गर्ने हेतुले आफूहरुले छात्रवृत्ति सहयोग गर्दै आएको उनकाे भनाइ छ। ‘हामीले टुहुरा भएका बालबालिकालाई प्रोत्साहित गर्न यो कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भने।  

हेल्पिङ ह्यान्डका मेनेजर जीवा पोख्रेलकाे टुहुरा बालबालिकाहरुलाई विद्यालयमा निरन्तरताका लागि यस्तो सहयोग गरेको जिकिर छ। ‘टुहुरा बालबालिकाहरु पैसाको कारणले विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर हामीले यो सहयोग दिएको हौं,’ उनले भने।  

टुहुरा बालबालिकाहरुलाई छात्रवृत्ति, विद्यालयहरुमा फिल्टर ट्यांकी निर्माण, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण, आयआर्जन लगायतका कार्यक्रम हेल्पिङ ह्यान्डले गर्दै आएको छ।  

बालबालिकाहरुलाई म्यानेजर पोख्रेल र अर्गनाइजेसनका उपाध्यक्ष महमूदले छात्रवृत्ति हस्तान्तरण गरेका थिए। छात्रवृत्ति पाएपछि बालबालिकाहरु दंग परेका छन्। कार्यक्रम संयोजक सद्दाम हुसेनले आफूहरुले अध्ययनमा निरन्तरता र सहजातका लागि आमाबुवा गुमाएका बेसहारा बालबालिकालाई यस्तो सहयोग गर्दै आएको बताए। 

प्रकाशित: १९ असार २०७९ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App