७ वैशाख २०८१ शुक्रबार
शिक्षा

'सेयरिङ लभ' नेपालद्वारा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

सिन्धुपाल्चोकको श्री जाल्पा माविका विद्यार्थीलाई काठमाडौंस्थित युवा समूह 'सेयरिङ लभ नेपाल'ले स्टेशनरी र खेलकुद सामग्री उपलब्ध गराएको छ।

‘हाम्रो भविष्यलाई हाम्रो साथ’ पहल अन्तर्गत सेयरिङ लभ नेपालको तेस्रो परियोजनाका रूपमा समूहले आइतबार १५० विद्यार्थीलाई आवश्यक स्टेशनरी र खेलकुद सामग्री वितरण गरेको हाे । समूहले विद्यालयका पाँच प्रतिभाशाली विद्यार्थीलाई वार्षिक छात्रवृत्ति पनि उपलब्ध गराउने तयारी गरेको छ।

“सामुदायिक विद्यालय भएकाले हामीसँग न्यून आर्थिक पृष्ठभूमिका विद्यार्थीहरू पनि छन्। यस समूहले उपलब्ध गराएको सहयोग हाम्रा विद्यार्थी र समग्र विद्यालयका लागि साँच्चै लाभदायक भएको छ,’ विद्यालयका प्रधानाध्यापक शिवप्रसाद नेपालले भने। उनले विद्यार्थीहरुको पढाईलाई सहज रुपमा अगाडि बढाउन सक्ने भएकाले सेयरिङ लभ नेपालले गरेको सहयोगलाई विद्यालयले सधैं सम्झिरहने बताए ।

सेयरिङ लभ नेपालका संस्थापक समिर श्रेष्ठले भने, 'सेयरिङ लभ नेपालको एकमात्र उद्देश्य विभिन्न कम्पनीहरूसँग समन्वय गरी अनाथालय, वृद्धाश्रम र न्यून आय भएका व्यक्तिहरूलगायत समाजमा आवश्यक परेकाहरूलाई सेवा गर्नु र सामूहिक रूपमा योगदान गर्नु हो।' श्रेष्ठका अनुसार यी कार्यक्रम सञ्चालनको आम्दानीको स्रोत व्यक्तिको स्व-योगदान, परिवार र साथीभाइको योगदान, प्रायोजक र अन्य इच्छुक दाताहरूको योगदान रहेको छ।

यसअघि समूहले सिन्धुपाल्चोकस्थित श्री जन विकास विद्यालयका ७० विद्यार्थीलाई युएनआर स्माइल क्रिएसन डेन्टल क्लिनिकसँगको सहकार्यमा निःशुल्क मौखिक जाँच शिविरसहित स्टेशनरी र खेलकुद सामग्री उपलब्ध गराएको थियाे। समूहले ‘आमालाई हाम्रो माया’ अभियानअन्तर्गत मञ्जुश्री वृद्धाश्रमलाई दैनिक उपभोग्य सामग्रीसमेत उपलब्ध गराएको छ। 

प्रकाशित: १४ असार २०७९ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App