१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

हिसान मोरङको अध्यक्षमा अतिम ढकाल निर्वाचित

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा छैटौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।  

विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष ढकाल हिसान मोरङको वरिष्ठ उपाध्यक्ष थिए। अध्यक्षमा निर्वाचित भएपछि ढकालले निजी कलेजहरूलाई अहिले पनि राज्यले विभेद गरेको छ। उनले राज्यको विभेदकारी नीति अन्त्य गरिनु पर्ने बताए। ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन। त्यस्तो विभेदकारी नीति अन्त्य हुनु पर्छ,’ ढकालले भने।  

त्यस्तै वरिष्ठ उपाध्यक्षमा टिएन तिम्सिना, उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, डा. मनोज गुप्ता, सचिव गोविन्द निरौला, सह–सचिव ललित नारायण र कोषाध्यक्षमा भुवन नेपाल निर्वाचित भए। सदस्यहरूमा वीरेन्द्रकुमार चौधरी, विक्रम महर्जन, भास्कर भट्टराई, खड्ग डाँगी, दुर्गा पौडेल, विजयकुमार माझी रहेका छन्।  

अधिवेशनका अवसरमा लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका प्राध्यापक गुणराज ढुंगेललाई हिसान मोरङले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि हिसान नेपालका केन्द्रीय अध्यक्ष रमेश सिलवाललगायतले शुभकामना दिएका थिए।

प्रकाशित: २१ जेष्ठ २०७९ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App