१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

जथाभावी नबोल्न महेश बस्नेतलाई प्राध्यापकहरुको चेतावनी

भक्तपुरका प्राध्यापकहरुले देशकै प्रतिष्ठित एउटा शैक्षिक संस्थाबारे मनलाग्दी नबोल्न भक्तपुरका एमाले नेता एवं संघीय सांसद महेश बस्नेतसँंग आग्रह गरेका छन्। १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा आइतबार यहाँं भएको प्रवचन कार्यक्रममा उनीहरुले एउटा राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी नबोल्न चेतावनी दिएका हुन्।  

केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता एवं पूर्व मन्त्री बस्नेतले कलेजको सर्टिफिकेट नक्कली भएको बताएका थिए। उनले कलेजमा पढाउने शिक्षकहरु अयोग्य भएको सार्वजनिक भाषण गरेका थिए। उनले कलेज कुन कानुन अन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए। साथै उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए।  

कार्यक्रममा कलेजका प्राध्यापकहरुले विश्वविद्यालयले दिएको सर्टिफिकेट कसरी नक्कली हुन्छ? अयोग्य शिक्षकशिक्षिकाहरुले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए भनी प्रश्न गरेका थिए। पढाउने मात्रै आफूहरुले भएको स्पष्ट पार्दै उनीहरुले प्रश्नपत्र अर्कैले बनाउने, कापी जाँंच पनि अर्कैले गर्ने अनि त्यसको मार्कसिट पनि त्रिभुवन विश्वविद्यालयलगायतले दिने अवस्थामा कसरी मार्कसिट नक्कली हुन्छ भनी प्रश्न गरेका थिए। साथसाथै उनीहरुले अयोग्य शिक्षकले पढाएका विद्यार्थी कसरी पटकपटक नेपाल टप भए भनी प्रश्न पनि गरे। उनीहरुले कलेजकाबारे जथाभावी नबोल्न र आफ्नो बोलीलाई लगामन दिन पनि चेतावनी दिए।  

कार्यक्रममा कलेजका प्राचार्य रुपक जोशीले आफ्नो राजनीतिक भविष्य जोगाउन जुनै संस्थाबारे पनि सोचविचार नगरी जथाभावी नबोल्न अनुरोध गरे। कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण उनले गरे। उनले कलेजको ख्यातिकै कारण झण्डै देशभरका विद्यार्थी कलेजमा अध्ययन गरिरहेको पनि जनाए।  

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश बस्नेतद्वारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए। यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो। बस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे।  

कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशाशनका उमा भट्टलगायतले आफनो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न सुझाए।

प्रकाशित: १८ वैशाख २०७९ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App