८ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

नव वर्ष साइकल यात्रा हुने

साइकल सेभ अस भन्ने सोचका साथ ख्वप कलेज देकोचा भक्तपुरले नव वर्ष साइकल यात्रा गर्ने भएको छ। नयाँंवर्ष २०७९ को अवसरमा हुने यात्रा वैशाख ३ गते शनिबार हुने सो यात्रामा कलेजका शिक्षकशिक्षिका तथा विद्यार्थीहरु सहभागी हुन पाउने छन्।

साइकल यात्रा बिहान ६ः३० मा ख्वप कलेजबाट सुरु हुँनेछ। यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने योजना राखिएको छ। त्यहाँंबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने यात्रा १२ किलोमिटरको रहने जनाइएको छ।

ख्वप कलेज मानविकी संकायको बीएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याईका अनुसार साइकल यात्राको मूल उद्देश्य स्वस्थ्य र वातावरण बचाउनु रहेको छ। 'साइकलले हामीलाई बचाउँछ। साइकल चढनु र हिड्नुस्वस्थ र वातावरणको लागि राम्रो हो, उनले भने।’

ख्वप कलेजमा कार्यरत प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठ र अन्य उपप्रध्यापक पनि साइकलमा हिड्छन्। त्यसैले अन्य शिक्षक तथा विद्यार्थी वर्गमा पनि साइकल चलाउन उत्प्रेरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको जनाइएको छ।

साथै नयाँ वर्षको शुभकामना नयाँं तरिकाले दिन पनि यस कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ। नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थाल्यौँ र सम्बन्धित निकायको पनि साइकलमा ध्यान जाओस् भन्ने कार्यक्रमको थप उद्देश्य रहेको आयोजकले बताए।

प्रकाशित: ३० चैत्र २०७८ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App