२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

त्रिविमा लिफ्ट जडानसहितको अत्याधुनिक केन्द्रीय पुस्तकालय बन्ने

त्रिभुवन विश्वविद्यालयमा अब अत्याधुनिक केन्द्रीय पुस्तकालय बन्ने भएको छ। भारतीय राजदुत विनय मोहन क्वात्रा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार संयुक्तरुपमा शिलान्यास गरका छन्।

राजदुत क्वात्राले त्रिवि केन्द्रीय पुस्तकालय अन्तराष्ट्रिय स्तरमै नमूनाकोरुपमा स्थापित हुने बताए। भारतीय दुतावासको ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रूपैयाँ ३७ पैसा लागतमा निर्माण हुन लागेको उक्त भवन पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सै घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्था गरिने पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले जनाए।

प्रमुख श्रेष्ठले तीन तले अत्याधुनिक भवन अन्तराष्ट्रिय स्तरको हुने र प्रत्येक साता भारतीय प्राविधिक टिमले भौतिक पूर्वाधारको अनुगमन गर्ने बताए। उनका अनुसार ७ हजार ८ सय ७५ हजार स्क्वायर मिटरमा फैलिएको उक्त पुस्तकालयको तीन तले अत्याधुनिक भवन रेडियो फ्रिक्वेन्सी इनफरमेसन डिभाइसमा आधारित हुनेछ।

‘पुस्तकालयको भवनमा त्रिवि भित्र पहिलो पटक लिफ्ट जडान हुने छ। साथै कमप्युटरमा आधारित डिजिटलाइजेशनकासाथै हिटिङ÷कुलिङ प्रविधि जडान गरिन्छ ,’ प्रमुख श्रेष्ठले भने ‘पाठकले २४ घन्टै अध्ययन गर्न सक्ने अनलाइन ५ करोड भन्दा बढी अध्ययन सामाग्री हुन्छ।

पाठकले घरमै बसेर अध्ययन सामाग्रीहरु डाउलोड गरि अध्ययन गर्न सक्ने ब्यवस्था छ।’ उनले थपे‘पुस्तकालयभित्र विशेष कक्षहरुको व्यवस्था हुन्छ। विद्यावारिधि, फ्याकल्टी, स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता लगाएतकालाई छुटाछुटै कक्षको व्यवस्था हुन्छ।’ यति मात्र होइन नयाँ बन्ने पुस्तकालयमा कार पार्किङ,बाईक पार्किङ तथा अनधुनिक चमेना गृहको समेत व्यवस्था हनुको साथै ग्रीन पार्कको व्यवस्था गरिने छ। 

पुराना पुस्तकालय आरकाइभको रुपमा कायम रहने उनले जनाए।  साथै ई–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याव, सेमिनार वर्कशपका लागि हल,प्रर्दशनी कक्ष आदिको व्यवस्था रहनेछ। भवन निर्माण कार्यको प्रारम्भ वैशाख ६ गते देखि रहेकोले छ भने कार्य प्रारम्भ मितिले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। भवन निर्माणको जिम्मेवारी केसी हनुमान जे.भि, भैसेपाटी, ललितपुरलाई दिइएको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको त्रिवि केन्द्रीय पुस्तकालयको नवनिर्मित भारत सकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको अन्तिम कार्यक्रम रहेको राजदुत क्वात्राले जनाए। ‘ सभ्यतादेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको नेपाल भारत सम्बन्धलाई थप विश्वसनिय,दिगो र मजवुत बनाउन यस सहयोग महत्वपूर्ण रहने छ,’ राजदुत क्वात्राले भने, ‘भुकम्पबाट क्षति भएको ७० स्कुल हामीले पुनःनिर्माण गरिक्यौं। त्रिविको पुस्तकालय हाम्रो अन्तिम कार्यक्रम हो।

तर, शिक्षाको गुणस्तर विकासको कार्यमा भारतीय सहयोग जारीनै हुन्छ। पुस्ताकालय सामाजिक जिवनलाई व्यवस्थित गर्ने,विचार र दर्शन आदान प्रदान गर्ने, नविनतम खोज र अनुसन्धान गर्ने महत्वपूर्ण सावित हुने मेरो विश्वास छ।’ उनले विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन,जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारत जोडिन पाएकोमा खुसी व्यक्त गरे।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिविले दक्ष र गुण्स्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने जिकिर गरे। ‘देशको शैक्षिक विकासका लागी शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउदै आएर नेपालको शिक्षा विकासमा महत्वपुर्ण योगदन गर्दै आएको छ,’ मन्त्री पौडेलले भने, ‘त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सवै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिवद्धता छ।’ उनले थपे ‘त्रिविमा विभिन्न समयमा उब्जिएका समस्या तथा अवरोधहरु वार्ता र सहमतिबाट समाधान खोज्नुपर्छ।’

शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले नेपाल र भारतविच प्राचिनकाल देखि आत्मिय सम्बन्ध रहँदै आइरहेको उल्लेख गर्दै त्रिविका आंगिक क्याम्पसमा हालसम्म पनि मुख्य विषयहरुमा भारतीय प्राध्यापकहरु कार्यरत रहेको स्पष्ट पारे। ‘विश्वविद्यालयले गुणस्तर सुधारका लागी अधिकतम प्रयत्न गरीरहेको छ,’ शिक्षाध्यक्ष भूषालले भने ‘भारतको एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसहरुको भौतिक पुर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउने काम पनि सम्पन्न भएको छ।’

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले भारत सरकारको सहयोगमा २०७२ सालको भूकम्प पश्चात ७० वटा विद्यालयहरु निर्माणमा आर्थिक सहयोग प्राप्त भएको र अन्तिम कार्यक्रमको रुपमा त्रिवि केन्द्रीय पुस्तकालयको शिलान्यास गरिएको उल्लेख गरे।

प्रकाशित: ८ चैत्र २०७८ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App