१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

गुरुकुल विद्यालयमा छैनन् ‘गुरु’

खाडाचक्र नगरपालिका-१ मा जिल्लाकै एक मात्र गुरुकुल विद्यालय छ। २०७० सालमा स्थापना भएको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने ‘गुरु’ छैनन्।

संस्कृत भाषा पढाउने उद्देश्यले स्थापना गरिएको गुरूकुल विद्यालयमा गुरु नहुँदा संस्कृत भाषा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालय जाँदैनन्। महायज्ञ लगाएर यो विद्यालय स्थापना गरिएको हो। सुरुमा कक्षा दुईको अनुमति पाएको विद्यालयमा अहिले छ कक्षासम्म पढाई हुन्छ।

तर, विद्यालयमा न राम्रो पठनपाठन छ, न राम्रो व्यवस्थापननै। डेस्क, बेन्च छैनन् चिसो भूइँमा बसेर विद्यार्थीहरु अध्ययन गर्छन्। विद्यालयका प्रधानाध्यापक शशी चौलागाईले संस्कृत पढाउने गुरु नहुँदा समस्या भइरहेको बताइन्।

नयाँ शैक्षिकसत्र सुरु हुन थालेको छ। ‘प्रत्येक बैशाखमा भर्ना हुने विद्यार्थीलाई खाने, बस्ने, गम्छा, धोतीलगायत लत्ताकपडाको व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन्, ‘विद्यालयमा संस्कृत पाठ्यपुस्तकका साथै सरकारले अनिवार्य गरेका विषयसमेत पढाउन पाठ्यपुस्तकको अभाव छ।’

विद्यालयमा ९२ जना विद्यार्थी अध्ययनरत छन्। गुरुकुलमा अध्ययनका लागि जिल्लाको रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिकालगायतका स्थानीय तहबाट विद्यार्थी आउने गरेका छन्।

विद्यालयमा दलित, जनजाति, पिछडा वर्गलगायतलाई समेत पढ्न पाउने व्यवस्था गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले कँहीबाट सहयोग नपाउँदा संस्कृत भाषा पढाउन कठिन भएको बताए।

‘गत वर्षको वार्षिक उत्सवमा नगर प्रमुखले विद्यालयलाई सहयेग गर्ने प्रतिवद्धता जनाएका थिए,’ उनले भने, ‘त्यो पूरा गर्नु भएन्।’ उनले महायज्ञमा कवोल गरिएको रकमसमेत नउठेको बताए।

प्रकाशित: २ चैत्र २०७८ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App