५ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

छोरीको स्मृतिमा पत्रकार शर्माद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दिवङ्गत छोरीको स्मृतिमा म्याग्दीका पुराना पत्रकार धुब्रसागर शर्मा र धर्मपत्नी अम्बिका शर्माले १ लाख नगद हस्तान्तरण गर्दै। तस्बिरः हरिकृष्ण गौतम

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयमा दिवङ्गत छोरीको स्मृतिमा पत्रकार धुब्रसागर शर्माले अक्षयकोष स्थापना गरेका छन्। क्यान्सरको उपचारको क्रममा निधन भएकी विनिता शर्माको स्मृतिमा पत्रकार शर्मा र धर्मपत्नी अम्बिका शर्माले शुक्रबार विब्यस अध्यक्ष चित्रबहादुर रिजाल, प्रधानाध्यापक छेमबहादुर पुनलाई नगद हस्तान्तरण गरेका हुन्।

विद्यालयको स्तरोन्नति तथा विकासको लागि आर्थिक अभियान सञ्चालन भइरहेको अवस्थामा कोष स्थापना गरी सहयोग गरेको पत्रकार शर्माले बताए। ‘छोरीको उपचारमा सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु। छोरीको अधुरो चहाना पूरा गर्ने प्रयास गर्ने छौं’, शर्माले भने।

उनले छोरीको उपचारमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगमा बचत ६३ हजारमा थप गरी कोष स्थापना गरिएकाले भविष्यमा ५ लाखसम्म पुर्‍याउने प्रतिबद्धता समेत जनाए। कोषबाट गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई सहयोग गरिने छ। कोष स्थापनाको अवसरमा शैक्षिक स्तरवृद्धि तथा आर्थिक सहयोग संकलन समितिका संयोजक कृष्णबहादुर थापा, कृषि वैज्ञानिक मदन थापा, विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे, पूर्व प्रअ भद्रबहादुर घिमिरे, सक्रिय यूवा पदम घिमिरे लगायत स्थानीयको उपस्थिती रहेको थियो।

प्रकाशित: २८ फाल्गुन २०७८ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App