२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

जमलमा बन्ने भयो साततले आधुनिक राष्ट्रिय पुस्तकालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल राष्ट्रिय पुस्तकालय निर्माण हुने भएको छ। पुस्तकालय भवन निर्माणकोलागि पुस्तकालयले सोमबार टेन्डर खुलाएको छ।

ललितपुरमा रहेको हरिहरभवनमा पुस्तकालय रहेको पुस्तकालय ०७२ सालको महाभूकमपपछि पुस्तकालय भवन भत्किएर अस्तब्यस्त बनेको थियो।सुरक्षित स्थान अभावका कारण पुस्तकालय र महत्पपुर्ण पुस्तक, पत्रिका तथा दस्तावेजहरुको विजोग बनेको थियो।

नेपाल राष्ट्रिय पुस्तकालयको ब्यवस्थापनकोलागि नेपाल सरकार मन्त्री परिषदले जमलमा रहेको त्रिभुवन विश्वविद्यालयको ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयलाई हस्तानान्तरण गरेसँगै विवाद सुरु भएको थियो।

त्रिविले आफ्नो जग्गामा ब्यापारिक योजनासहितको सपिग कमप्लेक्स बनाउने तयारी गरेको थियो। भने अर्को तर्फ पुनःनिर्माण प्राधिकरणले रानीपोखरी विस्तार गर्न त्रिचन्द्र कलेज र पुस्तकालय दुुबै जमलमै सार्ने निर्णय गरेको थियो।

तर मन्त्री परिषदले जमलको सरकारी जग्गामा (पहिले त्यहाँ त्रिवि अन्तर्गतको जन प्रशासन कलेज थियो ) पुस्तकालयनै बनाउने निर्णय गरी पुस्तकालयको नाममा जग्गानै पास गरेपछि ब्यापारिकहरुको कमप्लेक्स बनाउने दाउ रोकियो।

हाल पुस्तकालय भक्तपुर सानोठिमीमा रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको परिसरको टहरमा संचालित रहेको पुस्तकालय प्रमुख दशरथ मिश्रले जनाए। उनले अब सरकारलेनै जमलको जग्गा पुस्तकालयको नाममा कानूनी रुपमै हस्तानान्तरण गरेसँगै विवाद खतम भएको दाबी गरे। उनले हाल सरकारले सात तले आधुनिक भवनकोलागि ७४ करोड लागतल अनुमान गरेको जनाए।

विसं २०१३ सालमा ढोकाटोलका राणाकालिन माइला गुरु हेमराज पाण्डेले आफनो घरमै खोलेको पुस्तकालय सरकारले विसं २०१७ सालमा खरिद गरि हरिहरभवनमा सारेको थियो। राष्ट्रिय पुस्तकालयको रुपमा यही वर्ष खुलेको प्रमुख मिश्रले जनाए। 

त्यतिखेर कुल संग्रह ३४ हजार २ सय ९२ पुस्तक र पत्रिकाहरु थियो। त्यतिखेर यो पुस्तकालयलाई एसियाकै ठूलो पुस्तकालयको रुपमा मानिएको थियो। ‘सात तले अत्याधुनिक नेपाल राष्ट्रिय पुस्तकालयकोलगि सरकारले नक्सा तयारपारी महानगरपालिकामा पास गराउन प्रकृया अघि बढाएको छ,’ प्रमुख मिश्रले भने ‘दुई वर्षभित्र सात तले पुस्तकालय भवन तयार गर्ने सरकारी निति तथा कार्यक्रम छ।’ उनले थपे ‘सरकारले पुस्तालयको नाममा पास गरेको जग्गामा पुस्तकालय बन्छ। 

आइटि फ्रेन्डली पुस्तकालय भवन बनाउने सरकारी तयारी छ।’भूकम्पछि हरिहरभवनबाट बोरामा कोचेर पुस्तकहरु राखिएको थियो। वर्षामा धेरै पुस्तकहरु भिजेर विग्रने अवस्थामा समेत पुगेका छ भने कतिपय पुस्तकहरु च्यातिएका पनि छन्।पुस्तकालय प्रमुख मिश्र आएपछि भक्तपुरमा सबै बोराबाट किताब झिकेर र्याकमा मिलाउने काम भएको छ। ‘किताब बिग्रन नदिन मैले बोराबाट सबै झिकेर र्याकमा राख्ने सम्म काम गरेको छु,’ प्रमुख मिश्रले नागरिकसँग भने ‘पुस्तकालयमा अति महत्वपुर्ण किताबहरु छन्। यसलाई संरक्षण गर्न छिटै आफनो भवन बन्नु पर्छ। अहिले हामीले किताबको विषयगत वर्गीकण गर्ने काम सुरु गरेका छौं।’

हाल काठमाडौंमा भृकुटिमण्डपमा सार्वजनिक पुस्तकालय छ भने केशरमहलमा केशर पुस्तकालय छ। यसैगरी लाजिमपार्टमा डिल्लीरमण पुस्तकालय छ। तर ललितपुरमा एउटै पनि पुस्तकालय नभएको ललितपुरबासीको गुनासो रहेको छ। ललितपुरकै पुस्तकालयको हरिहरभवन जग्गामा पुस्तकालय स्थापना गर्नु पर्ने ललितपुरबासीको माग रहेको छ।

प्रकाशित: १२ माघ २०७८ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App