१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म विदा

त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म विदा दिएको छ। कोरोना भाइरसको संक्रमण बढेको भन्दै विश्वविद्यालय माघ १० गतेसम्म विदा दिएको हो।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले शुक्रबार एक सूचना जारी गरी विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म विदा दिने जनाएको हो।

साथै विश्वविद्यालयको हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने पनि सूचनामा उल्लेख गरिएको छ। निकटमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन पनि जारी सूचनामा भनिएको छ।

यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएमा १० दिन विदा पाउनेछन् र उनले काम गर्ने शाखा ३ दिन बन्द हुने पनि सूचनामा उल्लेख गरिएको छ।

हेर्नुस् जारी भएको सूचनाः

 

प्रकाशित: १ माघ २०७८ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App