९ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्न खोपकार्ड अनिवार्य

शिक्षा मन्त्रालयले माघ ७ गतेबाट शिक्षण संस्थामा प्रवेश गर्न खोपकार्ड अनिवार्य गरेको छ। कोभिड १९ को संक्रमण तीब्ररुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी मन्त्रालयले सो निर्णय गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले मन्त्रालयको निर्णय सार्वजनिक गर्दै शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोपकार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउनुपर्ने निर्णय भएको जाकनारी दिए।

मन्त्रालयले देशभरका सबै आधारभूत  तथा माध्यमिक विद्यालयहरुले वार्षिक बिदामा मिलान हुने गरी भोलि (पुस २७ गते) देखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरिसकेको छ।

प्रकाशित: २६ पुस २०७८ ०९:५२ सोमबार

शिक्षा मन्त्रालय खोपकार्ड