२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

केएमसीका विद्यार्थी एक महिनादेखि धर्नामा

काठमाडौँ मेडिकल कलेज सल्लाघारी भक्तपुरका विद्यार्थी एक महिनादेखि निरन्तर धर्नामा छन्। कलेजको गेट अगाडि दैनिक नारा जुलुश गरी उनीहरु विरोध प्रदर्शनमा छन्।  

कलेजले मनलागी शुल्क लिएको भन्दै लुटतन्त्र खारेज हुनुपर्नेलगायतका माग उनीहरुको छ। सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएर मनोमानी शुल्क लिएर लुटतन्त्र मच्चाएको आरोप विद्यार्थीको छ।  

कलेग गेट अगाडि विभिन्न नारा लेखिएको व्यानरहरु उनीहरुले टाँंगेका छन्। कलेजको गेटको उल्टो दिशामा बसेर व्यानर भुइमा राखेर उनीहरु आन्दोलनरत छन्। आन्दोलनरत विद्यार्थीलाई कलेजले धम्की दिएको भन्दै उनीहरुले त्यसको पनि विरोध गरेका छन्। केएमसी कलेज भक्तपुरको सल्लाघारी बस स्टपबाट करिव एक किलोमिटरभित्र दुवाकोट जाने बाटोमा रहेको छ। यो कलेजको नजिकै केएमसी अस्पताल पनि रहेको छ।  

विद्यार्थीको आन्दोलनमा त्यहाँं रहेका सातवटै विद्यार्थीको संगठनको समर्थन रहेको धर्नामा सहभागी विद्यार्थीले बताए। कलेजले धम्की दिने कारण आफूहरुको नाम नलेख्न अनुरोध गर्दै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रकाशित: १९ पुस २०७८ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App