१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन्। गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा आज उनले भने, “प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु।” शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए।

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवर्द्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए।

उनले त्रिभुवन विश्वविद्यालयले वर्षौंपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा रु छ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए। रासस

प्रकाशित: १४ मंसिर २०७८ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App