५ वैशाख २०८१ बुधबार
शिक्षा

दुई सय १४ जना इन्जिनियरहरु दिक्षित

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण दुवाकोट भक्तपुरबाट स्नातक तहको पढाई पूरा गरेका दुई सय १४ जना इन्जिनियरहरु दिक्षित भएका छन्।

वीई सिभिल इन्जिनियरिङका ९५, आर्किटेक्चर इन्जिनियरिङका ४५, वीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका ४७ र वीई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङका २७ गरी कुल दुई सय १४ जना इन्जिनियरहरु दिक्षित भएका हुन्। कलेजले शनिबार एक कार्यक्रम गरी उनीहरुलाई दिक्षित गरेको हो। कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले उनीहरुलाई दिक्षित गरेका हुन्।

कार्यक्रममा कलेजकै सर्वाेत्त्कृष्ट विद्यार्थीको रुपमा दीपेन्द्र खड्कालाई नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी विशेष सम्मान गरियो। साथै आर्किटेक्चर इन्जिनियरिङतर्फका सर्वाेत्कृष्ट विद्यार्थी (प्रोग्राम टपर) उसाना मलेखू, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका सर्वाेत्कृष्ट विद्यार्थी (प्रोग्राम टपर) गणेश ढुंगाना र कम्प्युटर इन्जिनियरिङतर्फका सर्वाेत्कृष्ट विद्यार्थी (प्रोग्राम टपर) दीपेन्द्र खड्का (माथिकै विद्यार्थी)लाई नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठले कलेजबाट पास आउट भई सेवामा गएका विद्यार्थी नै कलेजको ब्राण्ड एम्वेसडर हुने बताए। यसकारण पास आउट भई सेवामा गएका विद्यार्थीले सेवाको क्रममा कलेजको नाम राख्ने गरी उत्कृष्ट काम गर्न विद्यार्थीलाई निर्देशन दिए। कलेजका सहप्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले कलेजबाट वार्षिक सयौं विद्यार्थी इन्जिनियरिङ उतीर्ण गरी जाने जानकारी दिँदै देश र जनताको हितमा काम गर्न उनीहरुलाई निर्देशन दिए।

प्रकाशित: ११ मंसिर २०७८ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App