७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कोशीमा पहिलोपटक कक्षा ११ को पढाइ

सुनसरीको कोशी गाउँपालिकाको एक सामुदायिक विद्यालयमा आइतबारबाट कक्षा ११ को पठनपाठन सुरु भएको छ। कोशी वडा नं. ३ को राष्ट्रिय मावि सोभनपुरमा आइतबारदेखि कक्षा ११ को पढाइ सुरु भएको हो।

कक्षा दशभन्दा माथि पढाइ हुने शिक्षालय नहुँदा यसअघि यस क्षेत्रका विद्यार्थी इनरुवा, इटहरी र विराटनगर गएर पढ्ने गरेका थिए। शैक्षिक सत्र २०७६ बाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मानव श्रोत विकास केन्द्रबाट प्राविधिकधारतर्फ पढाउने अनुमति पाएको राष्ट्रिय मावि सोभनपुरमा कक्षा ११ व्यवस्थापन तथा शिक्षा संकायको पढाइ सुरु भएको हो।

राष्ट्रिय मावि सोभनपुरमा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ विषयको ९ कक्षाबाट कक्षा सञ्चालन गरिदै आएको छ। प्रधानाध्यापक हरेकृष्ण राउतका अनुसार आइतबारबाट सुरु भएको कक्षा ११ व्यवस्थापन र शिक्षा संकायतर्फ ३६ जना विद्यार्थी छन्। कोशी गाउँपालिका दलित र विपन्न समुदायको बसोबास भएको क्षेत्र हो।

प्रकाशित: २८ कार्तिक २०७८ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App