२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

चेपाङ गाउँको विद्यालयमा पुस्तकालय स्थापना

के फाउण्डेशन ग्लोबलले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषमा फाउण्डेशनले पुस्तकालय स्थापना गरेको हो।  

विद्यालयलाई पुस्तकालय हस्तान्तरण गर्दै के फाउण्डेशन ग्लोबलका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापना हुनु शिक्षा क्षेत्रको गुणस्तरमा विकास हुने बताए।  

उनले चेपाङ पिछडिएको समुदाय भएकोले आर्थिक अवस्था कमजोर हुने भएकोले आफ्ना बालबच्चालाई पुस्तक, विद्यालय पोशाक लगायत सामग्री परिपूर्ति गर्न नसक्ने भएकाले आफूहरुले पोशाक वितरण गरेको बताए।  

‘हामीले विद्यालयमा पुस्तकालय मात्रै नभएर विद्यार्थीलाई पोशाक र खेलसामग्री पनि वितरण गरेका छौं। यसले विद्यार्थीलाई पढाईप्रति प्रोत्साहित गराउँछ। के फाउण्डेशनको सहयोग गर्ने अवसर पाएको छ। हामी यहाँका बालबच्चाको सुन्दर भविष्यको कामना पनि गर्दछु’, उनले भने।  

त्यस्तै स्वास्थ्य सेवाको उचित लाभ लिन नसकिरहेको गाउँमा आफूहरुले नेतृत्वमा आधा दर्जन चिकित्सकले निःशुल्क औषधिसहितको स्वास्थ्यसेवा प्रदान गरको अध्यक्ष रिमालले बताए। ‘चरम गरिबीका कारण रोग भएकोले धेरैलाई उपचार गर्ने आर्थिक अभाव छ। यति मात्रै होइन राम्रो कपडा लगाउने र पेटभरी खाने अवस्था पनि छैन। त्यसैले पनि हामीले गाउँका सबै नागरिकलाई लत्ताकपडा र स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर चेपाङ गाउँ आएका हौं’, रिमालले भने।  

‘गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौं’, उनले भने।  

के फाउण्डेशनमा आवद्ध भएर आफूले समुदायमा स्वास्थ्य सेवा प्रदान गर्नु पाउँदा निकै खुशी भएको डा. त्रिशला गुरुङ बताईन्।  

‘यहाँका नागरिकका स्वास्थ्य अवस्था निकै काहाली लाग्दो छ। औषधिउपचार नपाएर मानिसहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेछ। अधिकाशंले ज्यानमा रोग पालेर बस्नु भएको छ। नेपालमा दुर्गम ठाउँको अवस्था अझै उस्तै छ। हामीले थोरै भएपनि यहाँका नागरिका स्वास्थ्य जाँच गरेर औषधि प्रदान गरेका छौं’, उनले भनिन्।  

डा. गुरुङका अनुसार गाउँमा आधा दर्जन चिकित्सकहरुको टिमले आँखा, दाँत, छाला, जनरल, प्रसुती र क्यान्सरको स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो।  

त्यस्तै श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषका प्रधानाध्यापक ज्योति गुरुङले आफ्नो विद्यायलयलाई पुस्तकालयसहित विद्यार्थीलाई पोशाक र खेल सामग्री सहयोग गरेको सहयोगी दातालाई धन्यवाद व्यक्त गरे।

एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा विकट गाउँमा राज्यले दिने स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै खुशी भएको वडाध्याक्ष भुपेन्द्र चेपाङ बताए।  

‘यहाँका समुदायलाई वर्ष भरि खाना र लाउन पुग्दैन। आर्थिक अभावले ज्यानमा रोग पालेर बस्नु पर्छ। उपचार गर्ने पैसा नहुँदा धेरैले ज्यान पनि गुमाउनु पर्छ। पहिलो पटक यसरी गाउँमै आएर स्वास्थ्य जाँच गरिदिएनु भएकोमा सहयोगी हातहरुप्रति आभारी छौं’, उनले भने।  

विद्यालयमा पुस्तकालय, स्कुल पोशाक जस्ता सामग्री उपलब्ध गराएको श्रेय के फाउण्डेशनका अध्यक्ष रिमाललाई दिँदै भने, ‘हाम्रो गाउँ भौगाेलिक हिसाबले निकै विकट छ। गाउँमा आम्दानीको स्रोत छैन। आर्थिक अभावले कतिपय बालबालिक स्कुल जान पाएका छैनन्। अझै शिक्षाबाट बञ्चित छन्। स्वास्थ्य चेकजाँच र विद्यालयमा सामग्री गरेकोमा  हामी आभारी छौं।

प्रकाशित: १३ भाद्र २०७८ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App