१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सिंहदेवी स्कूलको भवन उद्घाटन

धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेस्थित सिंहदेवी प्राथमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीले भवन उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले भवन निर्माणले पठन–पाठनमा सहजता मिल्ने बताए। महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले पठन–पाठनमा थप सहजता प्रदान गर्न नगरपालिकाले भवन निर्माणमा सहयोग गरेका बताए।

उनले शैक्षिक क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए। कार्यक्रममा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारी, शिक्षा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले शैक्षिक क्षेत्रको विकासले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए।

नगर प्रमुख नेपालले २०७६ जेठ १९ गते सो विद्यालय भवनको शिलन्यास गरेका थिए। महालक्ष्मी नगरको १६ लाख आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो। सो विद्यालयमा ७४ जना विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १२ भाद्र २०७८ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App