१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सिंगो स्कुलभित्र एउटै भाषाशैली!

हजारौं विद्यार्थी भएको एउटा सिंगो स्कुलभित्र एउटै अर्थात् समान भाषाशैलीका प्रयोग हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर भक्तपुरको एउटा स्कुलमा भने त्यस्तै छ। मिडियामा जस्तै त्यहाँ एउटै भाषाशैली प्रयाेग गरिन्छ अर्थात् सानोठूलो सबैलाई समान भाषा ‘तपाई’ को प्रयोग हुन्छ अर्थात् ‘तपाई’ को सम्वोधन हुन्छ। 

शिक्षकले विद्यार्थीलाई तँ भन्ने अनि विद्यार्थीले मात्रै शिक्षकहरुलाई हजुरको उच्च आदरार्थी भाषा त्यहाँ प्रयोग हुँदैन। बरु विद्यार्थी, शिक्षक, कर्मचारी सबैले सबैलाई तपाईको समान सम्वोधनका साथ कुराकानी हुन्छ।  

एभरेष्ट इंगलिश स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले सबैले सबैलाई आत्मसमान गर्न सकौं भन्ने हिसावले स्कुलमा त्यस्तो संकार लागू गरिएको बताउँछन्। 'छोराछोरीले मातापितालाई तपाई भन्दा तलको सम्वोधन नचाहने भएपछि छोराछोरीले पनि त आफूलाई तल्लो दर्जाको हुन चाहँदैनन् नि', उनले भने, 'त्यसकारण आफ्नो छोराछोरीलाई अहिले नै सानो मानिस भन्ने भावना नहोस्, गर्वका साथ सानका साथ बाच्न पाओस् भनेर हामीले यस्तो संस्कार लागू गरेका हौं।    

स्कुलले नयाँ शैक्षिक सत्रमा भर्ना हुन आएका नयाँ विद्यार्थीका अविभावकहरुका लागि जुममार्फत् गरेको फ्रेसेस वेलकम (नयाँलाई स्वागत) कार्यक्रममा प्रिन्सिपल राजभण्डारीले स्कुलमा सबैले सबैलाई तपाई भन्नुपर्ने परिपाटी रहेको जनाए। साथसाथै कुनै विद्यार्थीले गल्ती गर्दा कान समातेर सजाय दिँदा अरु धेरै विद्यार्थीले पनि त्यो दृश्य देखेर गल्ती गर्ने विद्यार्थीमा नकारात्मक अनुभूति हुने भएकाले गल्ती गर्दा पनि नमस्ते गर्ने संस्कार स्कुलभित्र लागू भएको जनाए। 

'गल्ती गर्दा पनि सरी भनेर नमस्कार गर्दा अरु देख्नेले अभिभादन गरेको सम्झन्छन् र गल्ती गर्नेलाई हिनताबोध हुँदैन', उनले भने, 'त्यही कारण स्कुलमा अभिबादनमा मात्रै होइन, कुनै विद्यार्थीले गल्ती गर्दा पनि नमस्ते गर्ने परम्परा बनाएका छौं। स्कुलका एउटै कक्षाका विद्यार्थीलाई समान हैसियत देखाउन समूह विभाजनको नामाकरणमा एवीसी आदि समूह नछुटाई सबैलाई समानता झक्किने लेडी बर्ड, बटर फ्लाई आदि नामाकरण गर्ने गरेको उनले सुनाए। एवीसी समूह नामाकरण गर्दा ए समूहका जान्ने बुझने र सी समूहका नजान्ने सामाजिक सोच भई हिनताबोधन नहोस् भनेर यस्तो संस्कार बनाइएको उनले सुनाए।  

त्यस अवसरमा उनले स्कुलले विद्यार्थीका जन्मदिनको रकमबाट विकट गाउँघरका कमजोर विद्यालयलाई पुस्तक सहयोग गर्ने वर्ड डे फण्ड, स्कुलमा भएको आकाशे पानी संकलन, सोलार पावरको प्रयोग, खेर जाने फोहोरबाट कम्पोष्ट मल बनाई भएको आम्दानीबाट बनेको एभरेष्ट स्टेशनरी फण्डलगायतका विविध गतिविधिहरुबारे जानकारी दिए।  

यसअघि स्कुलको इतिहास, भौतिक अवस्था, विद्यार्थी संख्या, स्कुलको वातावरण, स्कुलले गर्दै आएका विभिन्न क्रियाकलापहरु, कार्यक्रमहरु इत्यादिबारे जानकारी गराइएको थियो। स्कुलको संस्कारलाई मध्यजनर गरी निश्चित समयमै सुरु गरी एक घण्टासम्म भएको कार्यक्रमको पहिलो सेसनमा प्रिकोअर्डिनेटर, लवर सेकेण्डरी कोअर्डिनेटर, सेकेण्डरी ओअर्डिनेटर, एडमिनिष्ट्रेटिभ कोअर्डिनेटरले आआफनो सेक्सनमा भएका शिक्षक, कर्मचारीहरुको परिचयका साथै गतिविधिहरुकाबारेमा जानकारी गराएका थिए। यसपछि स्कुलका प्रिन्सिपल राजभण्डारीले स्कुलको संस्कार संस्कृतिकाबारेमा जानकारी दिएका थिए।  

आफ्ना नानीहरुलाई भर्ना हुँदासम्मको अवस्थामा स्कुलकोबारे विविध जानकारीहरु थाहा नहुने भएकाले स्कुलबारे अधिकतम जानकारी अभिभावकहरुलाई दिन वर्षैपिच्छे स्कुलले यस्तो कार्यक्रम गर्ने गर्दै आएको स्कुलले जनाएको छ। साधारणतया अन्य स्कुलले वेलकम कार्यक्रम साँस्कृतिक कार्यक्रम आदिइत्यादि गरी मात्रै गर्नै प्रचलन छ। 

दुई पटक एसएलसी बोर्डमा आउन सफल यस स्कुलमा एक हजारभन्दा बढी विद्यार्थी छन्। 

प्रकाशित: २५ श्रावण २०७८ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App