७ वैशाख २०८१ शुक्रबार
शिक्षा

शैक्षिक सामग्री पाउँदा विद्यार्थी फुरुङ्ग

शैक्षिक सामग्री वितरण गर्दे नेपाली कांग्रेसका महासमिति सदस्य तिमिल्सिना ।

गेरूवा गाउँपालिका– ५ सरस्वती प्राबि, बिन्द्राका तीन कक्षामा अध्ययनरत ललिता चौधरी औपचारिक कार्यक्रम चल्दै गर्दा निलो झोला बोकेर मुस्कुराउँछिन्। त्यसपछि झोलाभित्र रहेका शैक्षिक सामग्री(कलम, किताव र ज्यामेट्रि बक्स) खोतल्छिन्। अन्तमा मास्क लगाएर हिँड्न खोज्दा पुनः रोकिन्छिन्। नाबालकले गरेको गतिबिधिले सबैको ध्यान केन्द्रित गर्छ।

गतिबिधि नियालिरहेकी अभिभावक रमिता चौधरीले आकर्षक झोलाभित्र रहेको शैक्षिक सामग्री पाउँदा ललिता  फुरुङ्ग भएको सुनाउँछिन्। ग्रामीण भेगमा शैक्षिक सामग्रीविहीन विद्यालय पुगेका बालबालिका झोला, स्टेस्नरी र सरसफाई किट पाउँदा विद्यार्थीहरुमा खुसीको सीमा नरहेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष साईराम चौधरीले बताए।  

नेपाली कांग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सिनाको समन्वयमा शैक्षिक सामग्री वितरण कार्य सुरु गरिएपछि शैक्षिक सामग्रीसहितको झोला ग्रामीण भेगका विद्यार्थीले पाउँदा खुसी भएका हुन्।  

बिपन्न विद्यार्थीका लागि चाइना फाउन्डेसन फर पोभर्टी एलिभीएसन, अलीबाबा फिलान्त्रोफीको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर काठमाडौंले गेरूवा गाउँपालिका तथा राजापुर र मधुवन नगरपालिकाका १२ वटा विद्यालयका २ हजार २०१ विद्यार्थीलाई स्कूल झोला, स्टेस्नरी र सरसफाई किट वितरण कार्य सुरु गरिएको केन्द्रका कानुनी सल्लाहाकार देबिराम उपाध्यायले बताए।  

नेपाली काँग्रेसका युवा नेता तिमिल्सिनाको समन्वयमा अघिल्लो वर्ष फाउन्डेशनको समन्वयमा दर्जन बढी विद्यालयमा झोला, स्टेस्नरी र सरसफाई किट वितरण गरिएको थियो।  

गेरूवा गाउँपालिका ५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयबाट नेपाली कांग्रेस महासमिति सदस्य तिमिल्सिनाले आधारभूत तहसम्मका विद्यार्थीहरुलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट हस्तान्तरण गरेका हुन्। केन्द्रमा बसेर फाउन्डेशसँग गरिएको समन्वय र सहकार्यले ग्रामीण भेगमा शैक्षिक सामग्री वितरण कार्यले सार्थकता पाउँदा एक किसिमको काम गर्ने उर्जा बढिरहेको युवा नेता तिमिल्सिनाले सुनाए।

प्रकाशित: ८ श्रावण २०७८ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App