१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

एक वडा एक नमूना विद्यालय विकास गरिने, कक्षा ४ देखि नैतिक शिक्षामा जोड

प्रधानाध्यापकहरुलाई प्रोत्साहन स्वरुप मासिक एक हजार

काठमाडौँ महानगरपालिकाले विहिबार आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गर्न एक बडा एक नमूना विद्यालय विकास गरिने कार्यक्रम सार्वजनिक गरेका हुन्।  

काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति लिएको छ।

‘महानगरपालिकाले आफनो क्षेत्र भित्रका प्रत्येक वडामा ट्रेनिङ हबको रुपमा विकास गर्न एक वडा एम नमूना विद्यालयको अवधारणा ल्याएको बताए,’ मेयर शाक्यले भने‘ महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयको रूपमा नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइनेछ।’

महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न एक वडा एक नमूना विद्यालय विकास गरिने कार्ययोजना तोकिएको छ। जस अनुसार विद्यालयहरुले आफनो विद्यार्थी सख्या, भवन, भौतिकपुर्वाधार, अभिभावक शिक्षक सम्बन्ध, शैक्षिक गुणस्तरबारे अभिभावक विद्यालयबीचको पाँच पटकसम्मको छलफलको माइन्युट शिक्षण सिकाई प्रगति विवरणलगाएतका २५ वटा सूचाँकहरु प्रमाणसहित पुरा गरेको हुनु पर्छ।  

यसैगरी बालबालिकाहरुमा नैतिक आचरण विकास गर्न  कक्षा ४ देखि थप सामाग्रीको रुपमा नैतिक शिक्षाका विषयहरु पठनपाठन गराइने निति महानगरले लिएको छ। ‘विद्यालयले नमूना विद्यालयकोलागि पठाएर सूचनालाई शिक्षा विभागको मूल्याँकन समितिले स्थलगत अनुमगन हेरेर सही ठहरिए मात्र नमूना विद्यालय घोषणा गर्ने छ,’ विभाग प्रमुख सुवेदीले नागरिकसँग भने‘यस्ता विद्यालयहरु काठमाडौं महानगरका ३२ वटै बडाहरुमा ३२ वटा लविद्यालय विकास गरिने छ।  

यसकोलागि थप बजेटको समेत ब्यवस्था गरिएको छ।’ जस अन्तर्गत छनौट भएका ३२ नमुना विद्यालयहरूलाई नमुना सिकाई केन्द्र र तालिम हवका रूपमा विकास गरिने उल्लेख छ। ‘महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधा सम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुंच सुनिश्चित गरिनेछ,’निति तथा कार्यक्रमा उल्लेख छ ‘महानगर भित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ।’ 

विभागिय प्रमुख सुवेदीले  नैतिका शिक्षाकोलागि महानगरको मेट्रो एफएमबाट समेत समय निश्चित गरि विज्ञहरुबाट बालबालिकाहरुकोलागि सिकाइ गराइने ब्यवस्था गरिएको जनाए। ‘विद्यालयका प्रधानाध्यापकहरुलाई थप प्रोत्साहनकोलागि यस पटक प्रत्येक प्रधानाध्यापकलाई एक हजार प्रोत्साहन भत्तााके समेत ब्यवस्था गरिएको छ,’ उनले भने‘अब्बल सामुदायिक विद्यालय र उत्कृष्ट विद्यार्थी उत्पादन गर्न महानगरले प्रोत्साहन भत्ताको ब्यवस्था गरेको हो।’

उनले थपे‘विद्यालय स्तरबाटै दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयहरुलाई प्राविधिक शिक्षालय बनाउदै जाने निति तथा कार्यक्रमले तय गरेको छ।’नेपाल भाषाको विकास र प्रवर्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन  नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाको अतिरिक्त प्रोत्साहन स्वरुप मासिक एक हजार रुपिया  उपलब्ध गरिनेछ। ’ 

प्रकाशित: ४ असार २०७८ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App