सामान्यतः प्लस टू पढिसकेपछि कुन कलेज पढ्ने, कुन विषय पढ्ने, कुन ठाउँमा गएर पढ्ने जस्ता प्रश्नले विद्यार्थीलाई पिरोल्ने गर्छ । आजभोलि त अधिकांश विद्यार्थीलाई उच्च शिक्षाका लागि कुन देश जाने, कुन कलेज तथा विश्वविद्यालय छान्ने, त्यो देशको कुन सहरमा बस्दा आर्थिक रुपमा सहज हुन्छ जस्ता अनेकन सवालहरु दिमागमा आउने गर्छन । यसको समाधानको लागि देशमै हो भने भएभरका कलेज चाहार्नु पर्ने र देश बाहिर नै जाने हो भने पुतलिसडक र बानेश्वरका अनेकन कन्सल्टेन्सि धाउनु पर्ने बाध्यता थियो, तर स्टडि इन्फो सेन्टर डट कम सुरु भएपछि, देश भित्रै होस् या, संसार भरका जुनसुकै देश, त्यहाँका युनिभर्सिटी र कलेजमा पढ्न जानेहरुका लागि घरमै बसीबसी, यी सबै कुरा सम्भव भएको छ ।
स्टडि इन्फो सेन्टर डट कम विद्यार्थीहरुले चाहेको देशमा शैक्षिक तथा कामको अवसर, विषय र शैक्षिक संस्था खोज्न भरपर्दो अनलाइन माध्यम बनेको छ । २०२० को नोभेम्बरबाट औपाचारिक रुपमा सुरु भएको यस संस्थाको वेबसाइटमा उच्च शिक्षासम्बन्धी अनेकन् जिज्ञासा लिएका २ लाख भन्दा धेरैले भिजिट गरिसकेका छन् भने १० हजार बढी विद्यार्थीहरु विभिन्न सूचनाको माग गर्दै जोडिएका छन् । छोटो अवधिमै विभिन्न देशका विद्यार्थीहरुमाझ विश्वसनीय बन्न सफल स्टडि इन्फो सेन्टरबाट हालसम्म ६ हजार बढी विद्यार्थीहरुले विभिन्न अवसरहरुको पहिचान गर्दै संस्थाले दिने कोर्षसम्बन्धी जानकारी, युनिभर्सिटीहरुको तुलना, र अनलाइन परामर्श जस्ता सेवाहरु लिइसकेका छन् । नेपालसँगै श्रीलंका, फिलिपिन्स, भारत लगायतका देशहरुबाट समेत विद्यार्थीहरुले सोधपुछ गर्ने गरेको स्टडि इन्फो सेन्टरकी निर्देशक रमला भण्डारीले जानकारी दिईन।
स्टडि इन्फो सेन्टरले ३ सय भन्दा धेरै युनिभर्सिटी र कलेज र अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया डेनमार्क लगायतका १२ बढी उच्च शिक्षाका लागि कहलिएका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गरिरहेको छ । संस्थाले अध्ययन गर्ने कोर्ष र कलेज छनोट गर्न मात्र होइन, विद्यार्थीलाई अध्ययन भिसा लिएर आफ्नो अन्तर्राष्ट्रिय डिग्रीको सपना पुरा गर्दै भविष्य सुनिश्चित गर्न सहयोग गर्छ ।
विश्वव्यपी रुपमा रुपमा फैलिएको कोभिड १९ का कारण मानिसहरुको चहल पहल नै ठप्प जस्तो भएको छ । भिडभाड, सार्वजनिक यात्रा र भौतिक भेटघाटबाट भरीसक्के टाढै रहनु पर्ने वाध्यताकाबीच स्टडि इन्फो सेन्टरको सेवा हरेकका लागि सहज र भरपर्दो विकल्प बनेको छ । घरमै बसेर दक्ष तथा अनुभवी परामर्शदाताहरुबाट सम्पूर्ण जानकारी निःशुल्क लिन सकिने र गन्तव्यसम्म जान आवश्यक जानकारी लिई प्रक्रिया समेत अघि बढाउन सकिने भएकोले पनि www.studyinfocentre.comप्रति विद्यार्थीको चासो बढेको पाइएको छ ।
प्रकाशित: १९ जेष्ठ २०७८ ०४:४६ बुधबार





