५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

महामारी व्यवस्थापनका लागि प्याब्सनद्वारा राहत कोष स्थापना, प्रभावित स्कुललाई सहयोग गर्ने

कोभिड–१९को दोस्रो लहरको महामारीले नेपालमा भयावह रुप धारण गर्दै गएको बेला प्याब्सनले राहत कोष स्थापना गरेको छ।

देशैभरि सञ्जाल भएको निजी लगानीका विद्यालयहरुको छाता संगठन प्याब्सनले निजी लगानीका विद्यालयहरुका सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी र समुदायलाई विपदको घडीमा सक्दो सहयोग तथा राहत पुर्‍याउने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यसमितिले प्याब्सन राहत कोषको स्थापना गरेको हो।

प्याब्सनले केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरेको प्याब्सनले जनाएको छ।

यसका साथै प्याब्सनले विभिन्न उपसमितिहरु पनि गठन गरेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।  

प्याब्सन अध्यक्ष पुरीको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन उपसमिति, केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष डीके ढुंगानाको संयोजकत्वमा समन्वय तथा सहायता उपसमिति, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको संयोजकत्वमा आर्थिक स्रोत पहिचान तथा संकलन उपसमिति, केन्द्रीय महासचिव कुमार घिमिरेको संयोजकत्वमा विवरण संकलन, सूचना तथा संचार लगायतका उपसमितिहरु गठन गरेको छ।

यसका साथै प्याब्सनले कोभिड–१९ राहत प्रयासअन्तर्गत संगठनका सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजनसहितको आइसोलेसन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावकहरु एवं आमनागरिकहरुमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु अबिलम्ब थाल्ने पनि जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App