१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा रहेको कोमिन श्यामेवाङ्फेल मावि एक साताको लागि बन्द गरिएको छ। कोरोनाको दोस्रो लहर चलिरहँदा शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।  

विद्यालयमा शिक्षक तथा विद्यार्थी अस्वस्थ्य देखिएपछि स्वास्थ्य कार्यालय रसुवाले पिसिआर परीक्षण गरेको थियो। जसमा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ। कोरोना फैलिन नदिन एक साताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले बताए। उनका अनुसार कोरोना पोजेटिभको संख्या नथपिए यही बैशाख १९ गतेदेखि नियमित पठनपाठन सुरु हुने छ।  

यस गाउँपालिकामा सञ्चालित अन्य विद्यालयहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन्। जिल्लामन हाल ८ जना कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। जसमा उत्तरगया ३, कलिकामा १ र गोसाइँकुण्ड गाउँपालिकामा ४ जना छन्।

प्रकाशित: १२ वैशाख २०७८ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App