१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

इनोभेसन स्टार्टअपमा आदिमको दश लाखको फण्ड स्थापना

ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन(बीसीए) तहमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि चावाहिलमा रहेको आदिम कलेजले इनोभेसन स्टार्टअपको लागि दश लाख रकमको फण्ड स्थापना गरेको छ। कलेजका संस्थापक प्रिन्सिपल शंकरप्रसाद शर्माले फागुन १६ गते काठमाडौंमा एक कार्यक्रम गरि फण्ड स्थापनाबारे औपचारिक जानकारी गराएका हुन्।  

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले विगत सात वर्षदेखि आइटि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। तर विद्यार्थीहरुले आइटिको क्षेत्रमा इनोभेटिभ कार्य गरेपनि आर्थिक अभावका कारण अघि बढ्न नसकेको यर्थाथ अनुभव गरी त्यस्ता विद्यार्थीहरुको इनोभोटिभ कार्यलाई प्रोत्साहन गर्न र स्टार्टअप गराउन दश लाखको फण्डले धेरै सहयोग गर्ने प्रिन्सिपल शर्माको ठहर छ।  

कार्यक्रममा राष्ट्रिय अविश्कार केन्द्रका प्रमुख महाविर पुनको उपस्थितीमा स्र्टाअप स्थापनाको घोषणा गरिएको हो। ‘चार वर्षे बीसीएका अन्तिम वर्षका विद्यार्थीलाई लक्षित गरी १० लाखको आदिम इनोभेसन स्टार्टअप फण्डको स्थापना गरिएको हो,’ कलेजका प्रिन्सिपल शर्माले भने ‘हाम्रा कलेजमा आइटि अध्ययनरत १४० विद्यार्थी छन्। उनीहरुलाई समूहमा विभाजन गरेर प्रजेक्ट दिइन्छ।’ उनले थपे‘चार जनाको समूहले इनोभेटिभ कार्य गर्ने हो। उत्कृष्टले आफ्नो प्रोडक्ट बजार ब्यवस्थापन र विस्तारको लागि १० लाखको फण्ड प्राप्त गर्ने छन्।’ प्रिन्सिपल शर्माले उक्त स्टार्टअप चालु शैक्षिक सत्रदेखि लागु गरिने समेत जनाए।  

कार्यक्रमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनले आदिम कलेजले आईटि क्षेत्रका युवाहरुको लागि सकरात्मक कार्य गरेको भन्दै प्रशंसा गरे। ‘आदिम कलेजले आईटि क्षेत्रका विद्यार्थीहरुको लागि फण्ड स्थापना गरेर उनीहरुको क्षमतालाई थप अघि बढ्न हौसला मिलेको छ,’ प्रमुख पुनले भने ‘यस्तो कार्य सरकारी तथा निजी सबै कलेजहरुले सुरु गर्नु पर्छ। यति मात्र होइन राज्यले पनि यसमा साथ दिनु पर्छ।’ उनले थपे, ‘जसले गर्दा अन्यलाई पनि यस क्षेत्रमा कृयासिल हुन प्रोत्साहन गर्ने विश्वास लिएको छु।’

प्राडा शुवर्ण शाक्यले आदिम इनोभेसन स्टार्टअपले नेपालको उच्च शिक्षा क्षेत्रमा उद्यमसिलतालाई प्रवद्र्धन गर्ने नयाँ अवधारणा ल्याएकोमा खुशी ब्यक्त गरे। ‘विद्यार्थीले आइडिया र इनोभेसनमा काम गर्ने हो,’शाक्यले भने, ‘अब विद्यार्थीले उत्कृष्ट प्रोजेक्ट वा प्रोडक्ट बनाउने तर्फ सृजनात्मक रुपममा लाग्ने छन्। किन भने उत्कृष्टले नै यो फण्ड प्राप्त गर्छ।’  

कलेजका अनुसार यो फण्ड पूर्ण वा आंशिक रुपमा विद्यार्थीको उत्कृष्ट इनोभेटिभ प्रोडक्ट वा प्रोजेक्टले प्राप्त गर्ने हो। फण्ड आवश्यक डिभाइस, सफ्टवेयर, र कार्यालय सेटअपमा खर्च गरिनुका साथै डेभलपरलाई पारिश्रमिक दिन पनि खर्च गर्न सक्ने ब्यवस्था गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०७७ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App