२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालय खुलेपछि विद्यार्थी खुसी

भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेले का अथर्व पालका लागि सोमबार दिन विशेष दिन बन्यो। करिब एक वर्षपछि स्कुल गएर पढ्न पाउनु पाउँदा उनी निकै खुसी भए। कोरोना भाइरससँगै गत चैत ६ गतेबाट बन्द भएको उनको स्कुल सोमबार पहिलो पटक भौतिक रूपमा विद्यार्थी उपस्थित भएर कक्षा सुरु भएको छ।

आफ्नो कक्षाका तथा विद्यालयका अन्य साथीहरू सँगै बसेर लामो समयपछि पढ्न पाउँदा आफू खुसी भएको पालले बताए। एभरेष्ट स्कुल भक्तपुरको कक्षा ९ मा पढ्ने उनीसँगै अन्य विद्यार्थी अहिलेसम्म अनलाइन कक्षा मार्फत पढ्दै आएका थिए। अनलाइन कक्षाभन्दा भौतिक रूपमा विद्यालयमै उपस्थिति हुँदा पढाइ निकै राम्रो हुने उनको भनाइ छ। ‘अनलाइन कक्षामा पढाइ भएपनि खासै प्रभावकारी भएको थिएन,’ उनले भने, ‘कक्षामा त केही नबुझेको भएपनि तत्कालै शिक्षकलाई सोधेर जानकारी पाउन सकिन्छ।’

विद्यालयमा सोमबार पहिलो पटक कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीको पढाइ सुरु गरेको छ। पहिलो दिन ९५ प्रतिशतभन्दा धेरै विद्यार्थी सहभागी भएको बताइएको छ। पहिलो यो हप्ता उनीहरूलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कक्षामा पढाइने भएको छ। त्यसपछि विद्यालयले पुनः अर्को निर्णय गर्ने शिक्षिका संगीता किवांछेले बताइन्।

कक्षामा आउने विद्यार्थीलाई अनिवार्य मास्कको व्यवस्था गरिएको छ। साथै प्रत्येक कक्षाको अगाडि धारा जडान गरी साबुन पानीको व्यवस्था गरिएको छ। विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि आफूहरू प्रतिवद्ध रहेको प्रिन्सिपल भक्तराज भण्डारीले बताए। विद्यार्थीको सुरक्षाका लागि अभिभावकले समेत सहयोग गरेको उनले बताए।

प्रकाशित: ४ फाल्गुन २०७७ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App