१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द !

रद्द गरिएको नतिजाविरुद्धमा ३६ उमेदवारद्वारा सर्वोच्चमा मुद्दा

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

उता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषय, विभाग, संकाय, अध्ययन सस्थान लगाएतका लागि उपप्राध्यापक पदमा संचालन गरेको परीक्षाको नतिजामा अनियमितता भएको भन्दै ३६ जना उमेदवारहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। यति मात्र होइन आयोगले परीक्षा रद्द गरेको २ सय ४० मध्यये ५० जना गोल्ड मेडलिस्ट छन्।  

उत्तरपुस्तिकालाई विधिविधान प्रयोगशालामा परीक्षण गरि प्राप्त गरेको अंकको आधारमा नतिजा प्रकाशन गरि पदपुर्तिको प्रकृया अगाडी बढाउन माग गर्दै आयोग पीडित परीक्षार्थीहरुले मंसिर १४ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।    

मुद्दा दर्ता गर्ने उमेदवारहरु सबैजसो आफ्नो व्याचका टपर र लामो समय शिक्षण गर्नुको साथै महत्वपूर्ण जीम्मेवारी वहन गरिरहेको योग्य उमेदवारहरु भएको कपन मल्टीपल क्याम्पस प्रमुख भूमिदत्त पौडेलले बताए। उनले आफू एक जिम्मेवार पदमा कार्यरत रहेको र परीक्षामा कुनै अनैतिक काम नगरेको भन्दै न्यायाको खोजीमा सर्वोच्च पुगेको बताए।  

‘योग्य र सशक्त उमेदवारविरुद्ध सेवा आयोगले मानहानी गरेकोले उत्तर पुस्तिका र नतिजाको फोरेन्सिक जाँच हुनुपर्ने, रद्द गरिएको र पास गरिएका उमेदवारका कपि बीचको फरक हेर्न पाउनुपर्ने हाम्रै माग हो,’ त्रिविका १० वटा परीक्षा दिएर हाल कलेज प्रमुख पदमा कार्यरत पौडेलले नागरिकसँग भने, ‘२४० मध्ये हामी ५० जना नतिजाको एक नम्बरमा छौं।’ उनले थपे,‘परीक्षामा उत्तर पुस्तिका थपेका थियौं र कपिको सुरक्षाको लागि थप कपिमा आफ्नो सिम्बोल नम्बर लेख्यौं। जुन विश्वविद्यालयको परीक्षाको सुरुदेखिकै नियम हो।’ आफूहरुले कुनै गलत काम नगरेकोले न्यायाको लागि अदालत जानु परेको उनले जनाए।  

उत्कृष्ट विद्यार्थीहरुको लिखित परीक्षा रद्द गरी पदधिकारीहरुले अनियमितता गरेको त्रिवि समाजशास्त्र विषयमा नेपाल विद्या भूषण पदक प्राप्त गरेकी अञ्चला चौधरीको दावी छ।  

‘छानी छानी शसक्त उमेदवारहरुको परीक्षा रद्द गरिनु आफ्नो मान्छे भर्ना गर्ने प्रपञ्च रहेका पटक पटक यो विषयमा आयोगसमक्ष कुरा राखे पनि त्यसको समाधान नपाएपछि सामूहिक रुपमा आयोगविरुद्ध मुद्दा दर्ता गर्नुपरेको हो,’ पोखरा पृथ्वी नारायण क्याम्पमा समाजशास्त्रकी शिक्षक चौधरीले गुनासो गरिन् ‘मेरो श्रीमानले पनि थप कपिमा सिम्बोल नम्बर लेख्नु भएको थियो। तर उनी फेल भए।’ उनी थप्छिन्‘हामीले पनि थप कपिमा सिम्बोल नम्बर लेख्यौं तर रद्दमा पर्‍यौं। यो कसरी हुन सक्छ एक जना फेल र अर्कोको रद्द। कि त म पनि फेल हुनु पथ्र्यो। तर रद्द कसरी भयो।’

आयोगले जारी गरेको सूचनामा उत्तरपुस्तिकामा प्रथम पृष्ठको वुदां नं. १ मा उल्लेख भएको निर्देशन विपरित परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम/रोल नं./फोन नं. लेखि परीक्षाको मर्यादा उल्लघंन गरेको पाइएको आधारमा रद्द गरिएको उल्लेख छ। उक्त सूचनामा २४० उमेदवारहरुको परीक्षा रद्द भएको प्रकाशित गरिएको थियो।  

अर्को परीक्षार्थी डा. कृपा डंगोलले सेवा आयोगको आरोपको खण्डन गर्दै उत्तरपुस्तिका रद्द गर्ने सम्बन्धमा कुनै व्यहोरा भन्न नदिएको र त्यस उपर सुनुवाई गर्ने अन्य कुनै व्यवस्था नभएकोले बन्द कोठाभित्र गरिएको निर्णयबाट आफ्नो योग्यता, क्षमता एवं बुद्धिको आधारमा प्रतिस्पर्धा गरी सार्वजनिक रोजगारी गर्ने र जिविकोपार्जन गर्ने अधिकार कुण्ठित हुने कार्य मान्य नहुने जनाइन्। डा. डंगोल त्रिावि शिक्षण अस्पतालमा नाक, कान र घाटीको करारमा कार्यरत उपप्रध्यापक हुन्। उनी पनि स्थायी पदको लागि उपप्रध्यापक पदमा परीक्षा दिएको र उनको पनि रद्द भएको छ। ‘लिखित परीक्षामा गर्दै नगरेको गल्ती देखाई परीक्षा दिएको १ वर्षपछि परीक्षा रद्द गरिनु जालसाजीपूर्ण कार्य हो,’ कल्याणमणी दिक्षित स्वर्णपदक विजेता डंगोलले आक्रोस पोखिन्‘सेवा आयोगले हाम्रो समाजिक प्रतिष्ठामाथि आँच पुर्‍याउने कार्य गरेको छ। मैले डाक्टरी पास गरि ६ वर्षदेखि नाक, कान घाटीको डक्टमा टिचिङ अस्पतालमा करारमै कार्यरत छु। परीक्षाको विज्ञापनदेखि नतिजा प्रकासनसम्म ३ वर्षको समय लागेको छ। नगरेको गल्तीको लागि परीक्षा रद्द गरेर हाम्रो भविष्यमाथि कसैलाई खेलवाड गर्ने अधिकार छैन।’ उनले माग गरिन्‘सेवा आयोगमा आफ्ना पास गराउन हामी एक नम्बरमा पर्नेहरुको परीक्षा नियतबस रद्द गरिएको हो। यस्तालाई कडा कारबाही हुनु पर्छ।’ यसैगरी १७ मुख्य विषयमा निल नतिजाले पनि विश्वविद्यालयको शैक्षिक गुणस्तमाथिनै सवाल खडा गरेको छ।  

यसअघि पनि विश्वाविद्यालयमा अनियमितामा प्रश्न उठ्दै आएका छन् भने आयोगले संचालन गर्ने परीक्षाको विषयमा पटकपटक प्रश्न उठ्दै आएका छन्। रद्द हुने उमेदवारहरु त्रिविबाटै गोलमेडल प्राप्त गरेका, एम.फिल गरिसकेका र पि.एच.डी. गर्दै त्रि.वि कै विभिन्न विभाग, संकाय, अध्ययन सस्थान लगायत सार्वजनिक क्षेत्रमा उच्च ओहोदामा रहेर महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेका उम्मेदवार हुन्।  

उता विश्वविद्यालयका रजिष्ट्रार पेशल दहालले सेवा अयोगको परीक्षा सम्बन्धी निर्देशिका, प्रवेश पत्र र उत्तरपुस्तिकाको भवरमै तोकिएको ठाउँमा मात्र नाम र सिम्बोल नम्बर लेख्न प्रष्ट उल्लेख रहेको बताउँदै असान्दर्भिक रुपमा आफूलाई चिनाउने गरी उत्तरपुस्तिकामा लेखेकाहरुकै हकमा परीक्षा रद्द गरिएको दाबी गरे।

‘यस पटकको परीक्षाको नतिजालाई मर्यादित, ब्यवस्थित र निष्पक्ष बनाउन आयोगले लोकसेवा आयोगकै कर्मचारीलाई परीक्षार्थीको उत्तरपुस्तिकाको कोडिङ, डिकोडिङदेखि नतिजा प्रकासनसम्मको जिम्मेवारी दिएको थियो,’ रजिष्ट्रार दहालले नागकिसँग भने ‘लोकसेवाले नतिजा प्रकासन गरी खाममा बन्द गरि नतिजा दिएको थियो। सोही सेवा आयोगले प्रकासित गरिदिएको हो।’ उनले थपे ‘सेवा आयोगले निर्देशिका विपरित उत्तरपुस्तिकामा असान्दर्भिक रुपाम आफूलाई चिनाउने गरी नाम, रोलनम्बर र फोन नम्बर लेखेकाहरुको मात्र परीक्षा रद्द गरेको हो। अदालतमा मुद्दा छ। अदालतको जे फैसला हुन्छ त्रिवि मान्छ।’

प्रकाशित: २५ पुस २०७७ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App