२५ असार २०८१ मंगलबार
image/svg+xml
शिक्षा

द ब्रिटिस कलेजमा नयाँ विषय

थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स) हस्पिटालिटी बिजनेस म्यानेजमेन्टको पढाइ सुरु गरेको छ । नयाँ कोर्स बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँगको सहकार्यमा सुरु भएको कलेजले जनाएको छ ।

बिजनेस कोर्सका लागि एउटा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गराउँदै यो कलेजले सोही उत्साहका साथमा हस्पिटालिटी क्षेत्रमा पाइला अघि सारेको हो । चारवर्षे बिएचएम कोर्सले विद्यार्थीलाई हरेक रूपमा सक्षम बनाउने र कुनै पनि चुनौतीको सामना गर्न सक्ने, रचनात्मक उद्यमी र आलोचनात्मक रूपमा सूचित गतिशील बनाउने कलेजको दाबी छ । बिएचएमको अध्ययन पूरा भएपछि विद्यार्थीहरू सोझै हस्पिटालिटी क्षेत्रमा योगदान गर्न तयार हुने जारी विज्ञप्तिमा छ ।

होटल, रिसोर्ट, केटरिङ, बैंक, पानीजहाज, उड्डयन र अन्य धेरै क्षेत्रमा हस्पिटालिटी अध्ययन गरेका विद्यार्थीले रोजगारीको अवसर पाउने कलेजको भनाइ छ ।

प्रकाशित: २९ मंसिर २०७७ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App