४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

क्यामेराले सबै थोक बिगार्दो रहेछ भन्दै सञ्चारकर्मीलाई प्रवेशमा रोक

मिथिलेश यादव, बस्तिपुर(सिरहा), चैत २ - लहानबाट करिव ५ किलोमिटर उत्तर गाउँ बस्तिपुरस्थित बस्तिपुर उमावि परीक्षा केन्द्रमा क्यामेरा लिएर गएका सञ्चारकर्मीलाई केन्द्राध्यक्षले प्रवेशमा रोक लगाएका छन् । केन्द्राध्यक्ष सुबोधकुमार नायकले 'क्यामेरा लिएर होइन बरु त्यत्तिकै डुल्न चाहनुहन्छ भने जानुस् । हेर्न पाउनुहुन्छ तर खिच्न र लेख्न पाउनु हुन्न' भन्दै मूल गेटमै रोकेका सञ्चारकर्मी सन्तोष सुवेलीले भने।  
मुल गेटमा सुरक्षार्थ बसेका असई महेन्द्र बहादुर कटुवालले भने पत्रकार आइपुगे क्यामेरा लगायतका सामान गेटमै राखेर मात्र छिर्न दिनु भनेर केन्द्राध्यक्षको निर्देशन छ भनेर भनेका थिए । क्यामेराले सबै थोक बिगार्दो रहेछ भन्दै सुरक्षाकर्मी र केन्द्राध्यक्षबीच क्यामेरा सहित पत्रकारलाई छिर्न नदिने सहमति भएको बस्तिपुर केन्द्रका एक निरीक्षकले सुनाए।

बस्तिपुर परीक्षा केन्द्रमा लहानस्थित लिटिलस्टार उच्चमाविको परीक्षाकेन्द्र परेको छ। एउटै संस्थागत बाँकी दुइ वटा सामुदायिक विद्यालयको केन्द्र रहेको यो विद्यालयमा केन्द्राध्यक्षदेखि सुरक्षाकर्मीसम्मलाई मिलाएर संस्थागत रुपमा चारी गराइएको आरोप स्थानीयको छ । यहाँ अनुगमन टोली पनि हतपत पुग्दैन्।राजमार्गबाट टाढा र सडक जरजर भएकाले अनुगमन टोली प्रायः लहानमै अल्झिँदै आएको छ। सुत्रका अनुसार, बस्तिपुर केन्द्रमा व्यवस्थित चोरी चलिरहेको छ। विषयगत विज्ञ शिक्षकलाई केन्द्र भित्र प्रवेश गराएर डिक्टेसन(उत्तर) लेखाउने गरेको छ।

शुक्रबार अन्तिम समयमा जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीको टोली पुग्दा केन्द्रमा एउटै चिट फेला परेन्। 'हरेक कक्षामा विषयगत विज्ञ शिक्षकले उत्तर हल गराइदिएपछि गाइड र गेस पेपरको भारी बोकेर परीक्षार्थी किन रिस्क लिन्छ,' एक सुरक्षाकर्मीले भने । स्रोत व्यक्ति एकलास देवी यादवले भनिन्, 'यथार्थ पत्ता लगाउनु छ भने, निरन्तर अनुगमन टोली आएर केन्द्रमा बसिदिए मात्र पुग्छ।अनुगमन टोलीको नाममा आउनेहरु यताबाट उत्ता डुलेर माथि केन्द्राध्यक्षसँग कुराकानी गरेर फर्कने गरेको बताइन्छ ।

'बाहिर लाग्ने अभिभावक मेलामा कमी आएको छ, परीक्षाकेन्द्रमा शान्ति पनि पहिलाभन्दा राम्रो छ। समग्रमा बाहिर देखिने गरि चोरी छैन्,' शिक्षा अधिकारी पराजुलीले भने ।

प्रकाशित: २ चैत्र २०६९ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App